याेगेन्द्र खरेल
१४ असार, लिस्वाेन पाेर्चुगल । केही जातिय अभियान्ताहरुलाई , मज्जाकाे खुराक बनेकाे छ जातीय विभेदकाे मुद्दा । उनिहरुलाई जति बेला कुनै बिजनेस चाहिन्छ ठिक त्यति नै बेला उठाउछन जातीय विभेदकाे कुरा र समाजकाे सेन्टिमेन्ट लिने र आफ्नाे स्वार्थ पूरा गर्ने गर्दछन । जब आफ्नाे स्वार्थ पूरा हुन्छ तब याे मुद्दालाई हाेल्ड गर्छन किनकि फेरि आवश्यकता पर्दा याे मुद्दा पुन : उठाउन पाइयाेस । जातीय मुद्दालाई रणनीतिक खेल कै रुपमा लिएका छन स्वयम जातीय अभियान्ताहरु नै ।
केही समय अगाडि जब रुकुममा अमानवीय तरिकाले जातीय विभेद स्पष्ट देखिने गरि घटना घट्याे त्याे बेला पनि , जातीय विभेदकाे मुद्दा जबर्जस्त रुपमा उठाइएकाे थियाे , जुन स्वाभाविक नै थियाे । तर दुईचार दिने हल्लाखल्ला पछि अभियान्ताहरु खै कता हराए , यस्ताे अमानवीय विभेदकारि घटना पछि पनि , जातिय विभेदकाे विरुद्ध ठाेस कदम चाल्न सकेन सरकारले र याे परिस्थिति सम्म पुर्याउन पहल गरेनन अभियान्ताहरुले ।
यी अभियान्ताहरुले डलर र युराे काे आवश्यकता परेकाे बेला जातीय मुद्दा उठाउछन भन्ने आराेपहरु सुन्ने गरेकाे पाइन्छ तर याे प्रमाणित भएकाे चाहिँ छैन आज सम्म । कुनै पनि व्यक्तिले कुनै मुद्दालाई समय समयमा उठाइरहन्छ तर त्यसकाे निरन्तरता दिदैन भने उसले त्याे मुद्दासंग खेलेर केही स्वार्थ लिइरहेकाे छ भन्ने कुरामा कसैकाे दुईमत रहदैन हाेला सायद ।
अहिले फेरि घरभाडा कान्डले जातीय विभेदकाे मुद्दाले फेरि सामाजिक सन्जाल तातिरहेकाे छ । दलित भएकै कारण काेठा नपाएकि रुपा सुनार प्रती समाजकाे सहानुभूति बढि देखिन्छ जुन एक काेणबाट स्वभाविक हाेला । नेपालमा लामो समय देेखि जराे गाडेर बसेकाे जातिय विभेद अहिले सम्म अन्त्य हुन सकेकाे छैन जुन दुखद पक्ष हाे । तर बिस्तारै बिस्तारै सुधारात्मक रुपमा अगाडि बढेको छ याे चाहिँ सुखद पक्ष हाे । मेराे हजुरबुबा हजुर आमा दलितलाई छाेए पछि सुनपानि छर्किनुहुन्थ्याे । मेराे बुबाआमा दलितसंग छाेइने कुरालाई सामान्य लिनुहुन्छ । म दलितसंगै बसेर खाना खान्छु । मेराे सन्तान दलित साथिलाई घरभित्र राखेर संगै बसेर खान तयार देखिन्छ । याे परिवर्तनलाई परिवर्तन देख्दैनन , कथित दलित अभियान्ताहरु । रुखकाे जराे जति गहिराे छ, त्याे रुख ढलाउन त्यति नै धेरै समय लाग्छ । भन्ने कुरा जव सम्म स्विकारिदैन तब सम्म जातिय लगाएत का अन्य सामाजिक विभेदहरुकाे अन्त्य सम्भव हुदैन ।
अहिले एक जना लेखपढ गरेकाे युवा रुपा सुनारलाई नेवारकाे घरमा बस्ने काेठा नदिएकाे बिषयले पुनः जातिय विभेदकाे मुद्दालाई छरपस्ट पारेकाे छ । अघिपछि पनि बेला बेला याे मुद्दा उठ्ने गरेकाे थियाे त्याे बेला जातीय मुद्दा प्रति गैरदलितले समेत समर्थन गर्ने गरेकाे पाइथ्याे तर याे मुद्दालाई गैरदलितहरुले केही शंकास्पदरुपमा लिएका छन । यसले सामाजिक विभेद झनै बढाउदै लैजाने र सामाजिक द्वन्द्व निम्तने खतरा रहन्छ । रुपा सुनार काेठा खाेेज्न सरस्वती प्रधान काे घरमा जान्छिन, रुपा र सरस्वती बिच सबै कुुरा भए पछि , घरपरिवारमा सल्लाह गरेर निदाे दिने भन्दै तिनिहरु छुट्छन । केही समय पछि रुपालाई सरस्वतीले फाेन गरेर हजुरआमाले भाे भन्नू भयाे नानू काेठा नदिने है भन्छिन । याे कुरा झट्ट सुन्दा रुपालाई रिस उठ्नु स्वभाविक थियाे ।
याे ठाउँमा रुपा बाहेक अरु जाे काेहि भएकाे भए पनि पक्कै रिस उठ्थ्याे हाेला । सरस्वतीप्रति र यस्तै प्रबृत्ति प्रति । तर याे घटनामा रुपाले सरस्वती काे बाध्यतालाई बुझ्ने प्रयास गर्नुपर्ने थियाे । मैले सरस्वती र रुपाबिचकाे टेलिफोन सम्वादकाे एउटा क्लिप सुन्ने अबसर पाए । त्यहाँ सरस्वतीले घरमा भएकाे हजुरआमाकाे कारण काेठा दिन नमिल्ने कुरा स्पष्ट राखेपनि, रुपालाई निकै सम्मान गरेर बाेलेकिछिन । नानि नरिसाउनु हाेला है, भन्दै बिनम्र अनुराेध गरेकि छन् । उनकाे अनुराेध संगै दलित जाति प्रतिकाे विभेद उनिमा देखिदैन। उनी केही बाध्यताकाे कारण काेठा दिन असमर्थ थिईन त्याे कुरा रुपाले बुझ्नुपर्ने थियाे । समाजमा याे परिस्थिति कायम नै छ । पूरानाे पुस्ताले सहजै हाम्राे कुरा स्विकार्न सक्दैनन र पुस्ताअन्तर हुदैजादा परिवर्तनहरु स्थापित गर्दै जानुपर्छ भन्ने कुरा रुपाले स्विकार्नु पर्ने थियाे । तर यति कुरा रुपाले बुझिनन् वा बुझेर पनि नबुझेजस्तै गरिन । त्याे स्वयम रुपाले नै जानुन ।
उनले सरस्वती बिरुद्ध प्रहरीमा उजुरी दिईन, प्रहरीले सरस्वती लाई पक्राउ गर्याे र केही दिन प्रहरी हिरासतमा राखेपछि प्रमाण नपुगेकाे भन्दै प्रहरीले सरस्वतीलाई रिहा गर्याे । यसबाट सरस्वतीले रुपालाई जातीय विभेद नगरेकाे प्रहरी निष्कर्ष रहेकाे स्पष्ट हुन्छ । अब अपराध नै नगरेकि सरस्वतीलाई अपराध गरेकाे भन्दै उजुरी दिने रुपालाई प्रहरिले कार्बाहि गर्नुपर्दैन हाेला त ? रुपा कै कारण केही दिन हिरासतमा बिताएकाे, सामाजिक गालिबेईज्जती र मानसिक तनाब बेहेरेकि सरस्वतीले न्याय पाउनुपर्दैन हाेला त ? याे बिचमा रुपाकाे कारण सरस्वती र उनकाे परिवारमा जे जति क्षति भयाे त्यसकाे क्षतिपूर्ति रुपाले गर्नुपर्दैन त ? यदि पर्छ भने कसरी दिने त अब अन्यायमा परेकि सरस्वतीलाई न्याय ।यदि याे घटनामा सरस्वतीले न्याय पाउनुपर्दैन भने हामी कस्ताे समाजकाे निर्माण गर्ने तयारि गर्दैछाै त ? के रुपाले दलित भए कै कारण जे गरेपनि क्षम्य हुने र सरस्वतीले गैरदलित भएकै कारण जस्ताे सुकै पीडा सहन तयार हुनुपर्ने त । के यहि हाेला त सामाजिक न्यायकाे सिध्दान्त । जब प्रमाण नपुगेकाे भन्दै प्रहरीले सरस्वतीलाई रिहा गर्याे तब रुपाले सरस्वतीलाई माफि माग्नुपर्ने थियाे तर रुपाले त्यसाे गर्ने हिम्मत गरिनन । मैले चाहिँ रुपा जत्तिकाे लेखपढ गरेकाे नविनतम साेच भएकाे युवा बाट माफिकाे आशा गरेकाे थिए ।
अब अरु रुपाहरुले अरु सरस्वतीहरुलाई यसैगरि प्रहरी हिरासतमा पुर्याउने प्रवृत्तिकाे अन्त्य गर्नु जरुरी छ । जातीय विभेद गरेकाे छ भने त्यसले क्षामा पाउनुहुदैन तर गल्ती नै नगरेकाे मान्छेलाई दुख दिने प्रवृत्ति चाहिँ स्विकार्य हुदैन । यदि समयमै याे प्रवृत्तिकाे अन्त्य गर्न सकेनाै भने सामाजिक विभेद अन्त्य हुने हाेईन यसकाे खाडल बढ्दै जाने सम्भावना रहन्छ । जुन हामी सबै नेपालिकाे लागि दुर्भाग्य साबित हुनेछ । त्यसैले रुपा र सरस्वती बिचमा जे देखियाे आगामी दिनमा याे नदाेहाेरियाेस भन्नेमा सबै जना सजक र सचेत हुनु जरुरी छ ।
अब रह्याे जातिय बिभेदकाे कुरा
दलितअधिकारकर्मिहरुले मागिखाने भाडाेकाे रुपमा याे मुुद्दालाइ लिएकाे र गैह् दलितहरु पुरातनवादी अमानवीय चिन्तनले ग्रसित भएकाले दशकाै समय बित्दा पनि नितिनिर्माणमा प्रगति भएनि ,समानता आउन अझै सकेकाे छैन । मेराे बिचारमा जातिय विभेद अमानवीय कार्य हाे, यसकाे छिटै अन्त्य हुनुपर्दछ। जातियताकाे आधारमा विभेद गर्नेहरु मानबरुपि दानव हुन । जातिय विभेद अन्त्य गरि सबै जातजातिकाे समानतामा आधारित समाज नभए सम्म सभ्य र सुस्सकृत समाजकाे परिकल्पना गर्न सकिँदैन। याे तपाईं ,म र हामी सबैकाे साझा दायित्व र कर्तव्य हाे।
कुनै कालखण्डमा कामलाइ मानिसकाे बिचमा बाडिएकाे र पछि आएर यसले नै जातियता र विभेदकाे रुपलिएकाे भन्ने गरिन्छ । ब्राह्मणहरुनै समुदायकाे हर्ताकर्ता रहेकाले यसलाइ स्थापित गर्ने र जातिय विभेदलाइ थप बिकराल बनायाे हाेला भन्ने अनुमान सहजै लगाउन सकिन्छ।बर्तमान जातिय विभेद काे चेन हेर्दा ब्राह्मण लाई मात्र दाेष दिने ठाउँ छैन। किनकि हाम्रो समुदायमा ब्राह्मण र अन्य जातिकाे बिचमा मात्र विभेद छैन ।ब्राह्मण ,जनजाति ,दलित तीन जातिका बिचमा विभेद देखिन्छ ।यस्ताे विभेदकाे चेन हेर्दा ब्राह्मण नै यसकाे मुल जड हाे भन्ने कुरालाई फेरि बहस गरि परिभाषि गर्नुपर्ने देखिन्छ । यसाे भन्दै गर्दा पुरानै कालखण्डदेखिनै ब्राह्मण ले अरु जातिलाई विभेद र थिचाेमिचाे गरेकाे कुरा अस्विकार गर्न सकिदैन ।
ब्राह्मण समुदायले अरु जातिलाइ दमन ,अपमान र थिचोमिचो गरेकै हुन,जसले गर्दा दलितजनजाति निकै पछाडि पर्नुपर्याे याे सत्य चाहेर पनि कसैले लुुकाउन सक्दैन, जुन घामजस्तै छर्लङ्ग छ। यसाे भन्दै गर्दा, जातिय विभेदकाे मुल जड नै ब्राह्मण हाे त ? त्यसाे कदापि हाेईन । समान जातिहरुकै बिचमा रहेकाे विभदेले यसलाइ पुष्टि गर्दछ। हाम्रो समाजमा दलित-दलित बिचकाे विभेद पनि उत्तिकै जर्जर र दर्दनाक छ, तर यसकेा बारेमाा कहिकतै बहस भएकाे देखिदैन, जुन निकै दुर्भाग्य हाे । यिनी बाहुनले हामिलाइ यसाे गरे उसाे गरे भन्ने दलित अधिकारकर्मी हरुले त्यहि प्लेटफर्ममा उभियर दलित भित्रकाेे विभेदकाे कुरा किन गर्दैनन्, याे निकै गम्भीर प्रश्न हाे। दलित भित्रकाे जातिय विभेद अन्त्य गरि अघिबढेमा, गैह् दलित सङ्काे सङ्घर्ष बलियाे हुन्छ भन्ने कुरा बुझेका छैनन वा बुझ्नखाेजेका छैनन हाेला त । मलाई लाग्छ उनिहरु बुझ्न खाजिरहेका छैनन नै हाे । सायद यहि प्रबृत्ति लाई हाेला आफ्नो आङकाे भैंसी नदेख्ने ले अरुकाे आङकाे जुम्रा देख्ने । त्यसैले पहिले दलित बिचकाे विभेद अन्त्य बिना ,अरु विभेदबाट मुक्ति पाउन सकिँदन ।
याे समस्या दलित भित्र मात्र हाेईन, ब्राह्मण भित्र पनि छ, क्षेत्रि, जैसि र उपाध्याय काे बिचमा याे विभेदकाे बिषय त अहिले सम्म उठेकाे सुनेकाे छैन मैले । जातिय विभेदले जताततै निकै गहिराे जरा गाडेर रहेकाे छ। पछिल्लाे समयमा मानिसहरुमा चेतनाकाे स्तर बढ्न गई जातिय विभेदकाे जराहरु बिस्तारै कुहिदै जानेे लक्षण देखिएकाे छ तर याे निकै अपर्याप्त छ ।
सभ्य र सुसस्कृत समाजकाे बाधक भनेकै जातिय विभेद हाे, त्यसैले यसलाइ जरैबाट उखेल्नुकाे कुनै अरु विकल्प छैन ।एकले अर्कालाई गालि गरेर, हेपेर ,पेलेर ,अपमान गरेर हाेइन आपसि समझदारी र भाइचारकाे हिसाबले यसकाे अन्त्य गर्नु नै पर्दछ। हामी सबै नागरि जुटेर सबै जातजातिमा आधारित विभेदकाे अन्त्य गरि समानतामा आधारित सभ्य र सम्पन्न समाजकाे निर्माण गर्न लागाै आज बाट वा भाेलि बाट हाेइन भर्खर बाट लागाै, याे हाम्रो साझा दायित्व हाे, मानव नै हाै भने मानव मानव बिच समान ब्यावहार गराै ।
जय देश जय नेपाल !