Advertisement

गोकर्णेश्वर युवा समूहद्वारा कोभिड १९ रोकथामका लागि माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ सम्पन्न

0 434

Advertisement

लक्षमण फुयाल

११ असार, काठमाडौं । कोरोना कहरले सवै क्षेत्रलाई आक्रान्त पारेको छ । यस विषम अवस्थामा गोकर्णेश्वर युवा समूहद्वारा कोभिड १९ रोकथामका लागि माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ सुरु गरेको कार्यक्रम सम्पन्न भएको छ ।

निषेधाज्ञाको समयमा सुरु भएको माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङ कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका हरेक वडामा भएको आयोजक तथा कार्यक्रम संयोजक मनोज गोलेले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाको वडा ०८ माकलबारीबाट सुरु भएको कार्य्रमम अहिले गोकर्णेश्वर नगरपालिका भित्रका सवै वडाहरु सञ्चालन भएको कार्यक्रममा ५० हजार माथिको संख्यामा माक्स तथा स्वास्थ्य्य सामाग्री सेनिटाईजर वितरण गरेको गोकर्णेश्वरका स्थानीय युवा तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविन घिमिरे जानकारी दिनुभयो ।

काठमाडौं गोकर्णेश्वर नगरपालिकाका गोकर्णेश्वर युवा समूहको संक्रियतामा विभिन्न स्वास्थ सामाग्रीहरु वितरण क्रमलाई निरन्तरता दिन धरै सामाजिक सेवामा सक्रिय व्यक्तिहरु प्रत्येक वडाका जनप्रतिनिधीहरु, हरेक वडाका क्लवका साथै मित्रहरुको सहभागिता तथा सहयोग भएको उनले बताउनुभयो ।

गोकर्णेश्वर युवा समूहद्वारा कोभिड १९ रोकथामका लागि माक्स तथा सेनिटाइजर वितरणको क्यामपेनिङमा स्थानीय युवाहरु


करिव तीन हप्ता सम्ममा यस संस्थाका युवाहरुले माक्स तथा सेनिटाइजर वितरण गरिएको थियो । कोरोना कहरको समयमा यस नगरपालिलकका स्थानीय युवाहरुले आफ्नो क्षेत्रमा सामाजिक कार्यकमा अग्रसरता तथा जिम्बेवारी राम्रो संग बहन गर्दैमा सक्रियभइ सामाजिक सेवामा लागि परेका छन् ।


गोकर्णेश्वर नगरपालिकाका युवाहरुको संक्रियतामा स्वास्थ सामाग्रीहरु वितरण क्रमलाई प्रोत्साहन गर्नुहुदै प्रयाप्त स्वास्थ्य सामाग्रीहरु आफ्नो तर्फबाट सहयोग स्वरुप उपलब्ध गराउन हाम्रो सहयोग अभियान तथा चामुण्डा पूर्व विद्याथी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले विशेष सहयोग तथा सहकार्य गर्नु भएको थियो । साथै सुवेदी लगायत परोपकारी व्यक्तिहरुले स्वास्थ्य सामग्री उपल्व्ध गराएर यस कार्यक्रम सफल भएको कार्यक्रम संयोजक युवा संस्थाका मनोज गोलेले जानकारी दिनुभयो ।

यस सामाजिक कार्यक्रम सहयोगी हातहरु समन्वयमा आज कुमार राज सुवेदीकै समन्वयमा अक्सिजन उपल्व्ध गराउने खाध्यान्न उपलव्ध गराउने लगायत स्वास्थ्य सामाग्री वितरणमा समन्वय गर्नु भएको घिमिरे भन्नुभयो ।

यस सामजिक कार्यबाट स्थानीयहरुले खुसी तथा धन्यबाद दिदा यही कोरोना कहरमा सामजिक कार्यकमा अझै अग्रसर हुन प्रेरणा मिलेको उनले भने । यो कोरोना बिरुद्धको लडाईमा यस क्षेत्रका सवै युवाहरुको अग्रसरता देख्दा मन हर्षित भएको र हामी युवाहरु एकतामा रहेको भान ब्यत गरेका छन् ।

कार्यक्रममा माक्स वितरण संगै नागरिकहरुमा कोरोनाबारे जनचेतना, सचेतना र कोरोनाबाट सतर्क र स्वास्थ्य सावधानी अपनाउन अग्रह गरेको घिमिरेले बताउनुभयो । यस युवा समूहले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु बाढी पहिरोमा राहत उपल्वध गराउदै युवा समूह

सिन्धुपाल्चोकको हेलम्बु-१ भेमाथाङ्ग चौर र पाँचपोखरी थाङ्गपालको याङ्रि लार्केमा गएको पहिरोको कारण आयको बाढीले अकल्पनीय क्षति पुर्‍याएको हामी सबैमा अवगतनै छ। Covid-19 को आक्रांतले त्रसित हाम्रो समाजलाई सिन्धुपाल्चोकको उक्त घटनाले अझ दुखि र मर्माहत बनाएको छ।


बाढीले सर्वस्व बगाएका हेलम्बु गा.पा. भित्र पर्ने मेलम्ची खोला आसपासका १४१ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन्। विभिन्न व्यवसाय सञ्चालक १०० को हाराहारीमा विस्थापित भएका छन्। भौतिक पुर्वाधारहरु सडक,पुल,भवन,खानेपानी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ। ( य‍ो विवरण हेलम्बु गा.पा को मात्र हो)


हाम्रो समूह र हामिसँग नजिक रहनु भएका दाजुभाइ दिदीबहिनी,सामाजिक व्यक्तित्वहरु र देशविदेशमा रहजुहुने हाम्रा साथीहरु सबै मिलेर हामीले हेलम्बुमा बाढीका कारण विस्थापित हुनपरेक‍‍ो परिवारलाई अस्थायी बास निर्माण सामाग्रीमा सहयोग र घरेलु अत्यावश्यक सामाग्रीहरु सहयोग गर्नका निमित्त केही रकम जम्मा पारेका छौ। आजसम्म जम्मा रु १,२४,०००/- हामीले संकलन गरेका घिमिरेले बताउनुभयो ।


हामीले हेलम्बुका स्थानीय बासिन्दा,स्थानीय निकाय र विभिन्न सम्पर्कबाट प्राप्त सुचनाका आधारमा वास्तविक पिडितको घाउमा मलम लगाउन चालेको यो कदममा सहयोग गर्न ईच्छुक ब्यक्ति,संस्था तथा साथीहरुले हामीलाई सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ ।

यदि कोही सहयोग दाताहरु सहयोगको निम्ति जोडिन चाहेमा निम्न नम्वरमा जोडिन सकिने छ ।
संजय तामाङ : 9851042493
प्रविण घिमिरे : 9851142257
मनोज गोलेः 9813916229
कमल श्रेष्ठ : 9808875566
प्रबिण बिक्रम सिलवाल: 9851013253



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.