Advertisement

शेयरबजारमा ‘क्लोजिङ्ग’ को प्रेसर, दोहोरो अंकले गिरावट

0 636

Advertisement

१० असार, काठमाडौं । पछिल्लो समय शेयर बजारमा ‘क्लोजिङ्ग’ को प्रेसर देखिएको छ। जसका कारण नेप्से परिसूचक र कारोबार रकममा दैनिक गिरावट आइरहेको छ।

साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । खुले देखि नै सुस्त देखिएको बजार केही समय उकालो पनि लागेको थियो । त्यस पछि क्रमिक रुपमा ओरालो लाग्दा बजार सुचक नेप्से १६.९६ अंकको गिरावटमा अडिएको छ ।

आर्थिक वर्षको अन्तिम महिना भएकाेले ब्रोकर कार्यालयदेखि बैंक तथा वित्तीय संस्थाहरुसम्म ‘क्लोजिङ्ग’ को चटारो छ। सबैतिर हिसाब मिलानको कार्य भएका कारण त्यसको प्रभाव शेयर बजारमा परेको जानकारहरु बताउँछन्।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले पनि ऋणमा खासै लगानी नगरेको र ब्रोकरहरुले पनि आफ्नो हिसाब मिलानका लागि शेयर बिक्री गर्न प्रेसर दिइरहेकोले अहिले बजारमा केही गिरावट देखिएको उनीहरु बताउँछन्।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.९६ अंक घटेर २८४३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेर ५२५.६४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

बिहीबार २१९ कम्पनीको ७८ हजार ९८३ पटकको कारोबारमा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा यस दिन अपर तामाकोशीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६७ रुपैयाँ बढेर ७४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटनको १.१७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, निर्जीवन बीमा, अन्य र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्स्योरेन्सको ३५ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकाे छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.