Advertisement

युरोकपमा आज समूह चरणको‘ई’ र समूह ‘एफ’का खेल हुँदै

0 819

Advertisement

०९ असार, एजेन्सी । युरोकपमा आज समूह चरणको अन्तिम खेलका चार प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले नकआउट चरणको यात्रा तय गर्दा बाँकी तीन टोलीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना छ ।

स्वीडेनलाई हराउँदा पोल्यान्डको पनि अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । पोल्यान्डले आफूले जितेर अर्को खेल बराबर नभए दोस्रो हुनेछ । स्लोभाकियाले स्पेनलाई हराएको खण्डमा पोल्यान्ड तेस्रो हुदै अघि बढ्ने सम्भावना हुन्छ ।

यस्तै स्पेनलाई हराएको खण्डमा स्लोभाकिया अघि बढ्नेछ । स्वीडेन बराबरी या हारेको खण्डमा स्लोभाकिया समूह विजेता बन्नेछ । स्पेनले स्लोभाकियालाई हराए अघि बढ्नेछ । बराबरीले पनि तेस्रो स्थान हुनेछ तर त्यसका लागि पोल्यान्ड हार्नुपर्नेछ ।

ग्रुप अप डेथ समूह ‘एफ खेल हुदै

यस्तै ग्रुप अप डेथ समूह ‘एफ’ मा आज राति जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे खेल हुनेछ । फ्रान्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

फ्रान्सले पोर्चुगलविरुद्ध जित हासिल गरे पहिलो स्थान हासिल गर्नेछ । त्यस्तै फ्रान्स बराबर भएर जर्मनीले जित्न नसकेपनि फ्रान्स शीर्ष नै रहनेछ । फ्रान्स हारेर हंगेरी जितेको अवस्थामा भने गोल अन्तरले दोस्रो स्थान निर्धारण हुनेछ ।

फ्रान्सलाई हराउन सके पोर्चुगलको अर्को चरण पक्का छ । आफू बराबर गरेर जर्मनी हारेपनि पोर्चुगल अन्तिम १६ मा पुग्नेछ । पोर्चुगल जितेर जर्मनीले नजिते शीर्ष स्थानमा नै पुग्नेछ । पोर्चुगलले हारेर जर्मनी पनि हारेको अवस्थामा भने पोर्चुगल समूह चरणबाट नै बाहिरिदा हंगेरी अघिल्लो चरण प्रवेश गर्नेछ ।

हंगेरीलाई हराए जर्मनी अर्को चरणमा जानेछ । बराबरी खेलेर फ्रान्सले नहारे पनि जर्मनी अघि बढ्नेछ । जर्मनीले जितेर फ्रान्सले जित्न सकेन भने जर्मनी शीर्षस्थानमा पुग्नेछ । जर्मनीले बराबरी गरेर फ्रान्सले हारे अथवा जर्मनी र पोर्चुगल दुवैले हारे जर्मनी तेस्रो स्थानमा पुग्नेछ ।

हंगेरी जितेर पोर्चुगल पराजित भए हंगेरी दोस्रो स्थानमा रहेर अघि बढ्नेछ । हंगेरी जितेर फ्रान्स हारे दोस्रो स्थान गोल अन्तरले निर्धारण हुनेछ । हंगेरीले जितेर अर्को खेल बराबर भए हंगेरीले तेस्रो स्थान हासिल गर्दा पोर्चुगल समूह चरणबाटै बाहिरिने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.