Advertisement

बिटक्वाइनको मूल्य बिगत ५ महिनामा ३० हजार अमेरिकी डलरभन्दा कम

0 335

Advertisement

०९ असार, काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीमा चीनको आक्रामक कारबाहीले बिटक्वाइन पाँच महिना भन्दा बढी समयपछि पहिलो पटक ३०,००० अमेरिकी डलर भन्दा तल झरेको छ।

डिजिटल मुद्रा लगभग २८,८९० अमेरिकी डलरमा ओर्लिएको थियो । गत अप्रिलमा यसको सबैभन्दा उच्च मूल्य ६४,८७० अमेरिकी डलरमा पुगेकोमा हाल सो मूल्यको ५० प्रतिशत गुमाएको बीबीसीले जनाएको छ ।

चीनले बैंक र भुक्तानी प्लेटफर्मलाई डिजिटल मुद्रा लेनदेन सपोर्ट गर्न रोक्न आदेश दिएको थियो । यो आदेशले चीनको सिचुआन प्रान्तमा बिटक्वाइन माइन रोक्न शुक्रबार दिईएको आदेशलाई अनुसरण गर्दछ।

सोमबार चीनको केन्द्रीय बैंकले क्रिप्टो मुद्राको कारोबारमा कडा कारबाही गर्न आह्वान गरेको छ। चीनले पछिल्लो दिनमा क्रिप्टोकरेन्सीहरुको कारोबार र उत्खननमा कडाई गर्दै लगेको छ र दैनिक जसो नयाँ आदेशहरु आईरहेका छन् ।

क्रिप्टोकरेन्सीहरुको मूल्यमा सँधै उच्च उतार चढाव आईरहने विश्लेषकहरुले बताउने गरेका छन् । त्यसैले यसलाई कतिपयले जोखिमपूर्ण भन्दै आएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.