Advertisement

नेप्सेमा आज पनि उच्च गिरावट: नेप्से ७१.०६ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ४१ विन्दुमा

0 452

Advertisement

०७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा केहि दिनदेखि निरन्तर गिरावट आएको छ ।

नेप्सेका अनुसार आज सोमबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ४१ विन्दुमा थामिएको हो । त्यस्तै, आज नेप्सेमा ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

आज उच्च अंकको गिरावट आएको बजारमा एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको शेयर घटेको छ । आज फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको हो । आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ ।

त्यसैगरि, आज कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.