Advertisement

ज्वाला संग्रौलासहित तीनजना पक्राउ

0 1,030

Advertisement

०६ असार, काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् ।

खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले ज्वाला (टीका संग्रैला)सँगै हिमाल उपाध्याय र शर्मिला बाइबालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।

केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै उनको विरोध भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा बुधबार उजूरी परेको थियो । सामाजिक अभियान्ताको भेसमा ठगी गरेको भन्दै उनीहरुको आलोचना हुने गरेको छ ।

ज्वालाको समूहसँगै प्रहरीले घिमिरे समूका दुई जनालाईसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.