Advertisement

काठमाडौं उपत्यकाको निषेधाज्ञा ७ दिन थपियो

0 768

Advertisement

०६ असार, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा ७ दिन थपिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले विभिन्न क्षेत्र खुला गर्दै निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार निजी सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू हुने भएको छ भने सार्वजनिक सवारीसाधन भने सञ्चालन हुनेछैनन्। यस्तै, बैंक तथा वित्तिय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड् नहुने व्यवसाय बार तोकेर चलाउन दिइनेछ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सबै पसलहरु खुल्न दिइने उल्लेख गर्दै त्यसका लागि बार तोकिएको जानकारी दिए। उनले सबै कार्यालय खुल्ने निर्णय भए पनि कार्यालय प्रमुखहरुले जनशक्ति कम राखी भीडभाड कम हुने गरी सञ्चालन गर्न दिइने बताए।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिँदैछ। कोरोना संक्रमण नियन्त्रण गर्न उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.