Advertisement

कोभिड अपडेट : सङ्क्रमणमुक्त हुने दरमा वृद्धि

0 441

Advertisement

०६ असार, काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुने सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । गत २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको सङ्क्रमणमुक्त हुने जानेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।


गत २४ घण्टामा दुई हजार ४४२ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणदर घट्दै गएको छ । काठमाडौं उपत्यकामा ५४८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना सङ्क्रमित थपिए । त्यस्तै, १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.