Advertisement

भारतलाई सम्हाल्दै कोहली र रहाणे

0 716

Advertisement

०६ असार, एजेन्सी । आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा भारतले न्युजिल्यान्डविरुद्ध दोस्रो दिनको समाप्तिमा संयमित सुरुवात गरेको छ । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले दोस्रो दिन ब्याड लाइटको कारण खेल ६४.४ ओभरमा सकिँदा भारतले ३ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ ।

पहिलो दिन टस हुन नपाई खेल सकिएको थियो । कप्तान विराट कोहलीले संयमित ब्याटिङ गर्दै १ सय २४ बलमा १ चौका सहित ४४ रनमा अविजित छन् । उपकप्तान अजिंक्या रहाणे ७९ बलमा ४ चौका सहित २९ रनमा अविजित छन् । चौथो विकेटका लागि कोहली र रहाणेले १ सय ४७ बलमा ५८ रनको साझेदारी गरेका छन् ।

ओपनर रोहित शर्मा र सुभमन गिलले भारतलाई पहिलो विकेटका लागि २०.१ ओभरमा ६२ रन जोड्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर काईल जामिसनले रोहितलाई स्लिपमा टिम साउथीबाट ३४ रनमा उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए । रोहितको विकेट पछि न्युजिल्यान्डले खेलमा राम्रो पूनरागमन गर्न सफल भयो ।

रोहितले ६८ बलमा ६ चौका प्रहार गरे । २५ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर निल वाग्ररको बलमा एज लागेर गिल २८ रनमा विकेटकिपर बिजे वाटलिङबाट क्याच आउट हुन पुगे । गिलले ६४ बलमा ३ चौका प्रहार गरे । ४१ औं ओभरको दोस्रो बलमा अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले प्रमुख ब्याट्सम्यान चेतेश्वर पुजारालाई ८ रनमा एलबिडब्लू आउट गर्दै भारतमाथि दबाब बढाए । पुजारालाई खाता खोल्न ३६ बल लागेको थियो । पुजाराले ५४ बल खेल्दै २ चौका प्रहार गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.