Advertisement

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी

0 908

Advertisement

०६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ को तयारी गरिएको छ। स्मार्ट लकडाउन अहिलेको जारी लकडाउनभन्दा खुकुलो हुने बताइएको छ। लकडाउनबारे छलफल गर्न आज उपत्यकाका तीनै जिल्लाका (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्दै छ।

अब उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने निर्णय हुने सम्भावना रहेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले असार ७ गतेपछि स्मार्ट लकडाउन गरिने र यसमा आर्थिक क्षेत्र चलायमान हुने गरी विभिन्न पेशा तथा व्यवसायलाई मापदण्ड अपनाउँदै खुला गरिने बताए। उनले निजी सवारी साधन पनि जोर-विजोरका आधारमा सञ्चालन हुनसक्ने तर, यसबारे निर्णय भइनसकेको र आज बस्ने बैठकमा थप छलफल हुने बताए। प्रजिअ निरौलाले जनस्वास्थ्यका मापदण्डको पालनामा कडाइ गर्दै विभिन्न क्षेत्र खुकुलो गरिने बताए।

जारी निषेधाज्ञा सातदेखि १० दिनसम्म थप हुनसक्ने

जारी निषेधाज्ञा सातदेखि १० दिनसम्म थप हुनसक्ने उनले बताए ।

पछिल्लो पटक थपिएको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ। यसैगरी गाडी मर्मतका लागि वर्कसपहरु पनि खुला गरिएको थियो। यस्तै कृषिजन्य सामग्री ओसारपसार, बैंक/वित्तीय संस्था, सहकारी, रेमिट्यान्स, निर्माण सामग्रीका मालवाहक सवारी, टेक अवे र होम डेलिभरी, अनलाइन सपिङ पनि खुला गरिएको थियो।

वैशाख १६ गतेबाट जारी निषेधाज्ञाअसार ७ गते पछि सकिँदैछ। सो अवधिमा संक्रमण दर घटेपनि जोखिम कायम रहेको भन्दै स्वास्थ्य विज्ञहरूले तत्काल निषेधाज्ञा नखोल्न सुझाव दिइरहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.