Advertisement

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

0 480

Advertisement

०६ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २८ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले वार्षिक साढे ८ दशमलव ५० प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । उक्त ऋणपत्र असार २ गते बाँडफाड गरेको बैंकले जनाएको छ ।

बैंकले आरबिबि डिबेञ्चर, २०८३ नामको कुल ऋणपत्रमध्ये सार्वजनिक निष्काशन मार्फत विक्री गरेको १० लाख कित्ता सर्वसाधारणलाई र व्यक्तिगत तर्फबाट विक्री गरेको १५ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई बाँडफाँड गरेको हो ।

उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकोे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.