Advertisement

स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड रुपैयाँ रहेको विवरण सार्वजनिक

0 742

Advertisement

०६ असार, एजेन्सी | स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड रुपैयाँ रहेको विवरण सार्वजनिक भएको छ । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) ले सार्वजनिक गरेको विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।

स्वीस नेसनल बैंकमा गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने गरिन्छ । यस वर्ष नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको विवरणमा उल्लेख छ ।

हालै सार्वजनिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.