Advertisement

निष्ठापूर्वक काम गरेमा समाज नमूना बन्छ ः सभामुख

0 804

Advertisement

०५ असार, कर्णाली | विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इमान्दारी र निष्ठापूर्वक काम गर्ने इच्छाशक्ति भएमा समाजमा नमूना कार्य हुन सक्ने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाको आज भर्चुअलरुपमा उद्घाटन गर्दै सभामुख सापकोटाले नमूना विद्यालय निर्माणार्थ सोच र दृष्टिकोण नमूना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले अहिले मुलुकमा अहिले देखिएको कोरोना महामारी, राजनीतिक समस्या र बाढी पहिरोको संकटलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था आएको पििन बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले सम्भ्रान्त र कमजोर वर्गले पढ्ने दुईखाले शिक्षा प्रणाली कायम रहेसम्म शिक्षामा समानता नआउने बताउनुभयो ।

पूर्वशिक्षामन्त्री एवं नेकपा (एमाले) का नेता डा गङ्गालाल तुलाधरले शिक्षासम्बन्धी संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयासलाई सरकारले कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाइमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपाल ग्लोबल र डिजिटल युगमा परिवेश गरिसकेको तर नमूना विद्यालयका नाममा प्राज्ञिक अंक ल्याउने काम मात्र भएको टिप्पणी गर्नुभयो । नेपाल सरकारले ४२२ सामुदायिक विद्यालयलाई नमूनामा रुपान्तरण गर्न अनुदान दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.