Advertisement

‘फ्लाइङ्ग सिख’ भित्रकाे मिल्खाकाे कहानी

0 1,030

Advertisement

५ असार, एजेन्सी । भारतीय एथ्लेटिक्सका कीर्तिमानी धावक मिल्खा सिंहको निधन भएको छ । भारतका सबैभन्दा तेज धावक मानिने मिल्खाले पछिल्लो एक महिना कोरोनासंग संघर्ष गरे । शुक्रबार आत्मसमर्पण गरे ।

भारतको सर्वश्रेष्ठ सम्मान पद्यमश्रीबाट विभूषित मिल्खा ९१ वर्षका थिए । उनको परिवारमा एक छोरा र तीन छोरी छन् । उनकी पत्नी निर्मल कौरको समेत कोरोनाकै कारण निधन भएको थियो । कौर भारतीय भलिबल टिमकी पूर्व कप्तान समेत थिईन् ।

मिल्खा सिंहले ‘फ्लाइङ्ग सिख’को नामबाट चर्चा कमाए । उनको नामको पछाडीको कथा भने मनछुने छ । उनले सन् २०१६ मा इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा यसको खुलासा गरेका थिए ।

सन् १९६० मा मिल्खालाई पाकिस्तानको अन्तराष्ट्रिय एथ्लेटिक प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भएको थियो । मिल्खा भारत–पाकिस्तान विभाजनको चोटबाट मुक्त भएका थिएनन् । सोही कारण उनी पाकिस्तान जान चाहदैन थिए । तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएपछि उनी पाकिस्तान जान राजी भए । पाकिस्तानमा त्यो समय अब्दुल खालिक थिए । उनी पाकिस्तानका सबैभन्दा तिव्र गतिका धावक थिए ।

प्रतियोगिताको दौरान करिब ६० हजार पाकिस्तानी समर्थक अब्दुल खालिकलाई हौसला प्रदान गर्न रंगशालामा थिए । तर मिल्खाको गतिका अघि खालिक टिक्न सकेनन् ।

मिल्खाले सो दौड जित्ने बित्तिकै तत्कालिन राष्ट्रपति फिल्ड मार्शल अयूब खानले उनलाई ‘फ्लाइङ्ग सिख’को नाम दिए । त्यसपछि उनी ‘फ्लाइङ्ग सिख’को नामबाट छाए ।

मिल्खा सिंहको जन्म सन् १९२९ नोभेम्बर २० मा गोविन्दपुरा (हाल पाकिस्तान)मा किसान परिवारमा भएको थियो । उनी आफ्ना बुवा आमाको कुल १५ सन्तान मध्य एक थिए । उनको परिवार देश विभाजनको शिकार भएको थियो । सो क्रममा उनका माता पिता सहित ८ भाई–बहिनी मारिएका थिए । यस बिभत्स घटनालाई देखेका मिल्खा पाकिस्तानको ट्रेनमा लुकेर दिल्ली पुगेका थिए ।

चार पटक एसियाली खेलमा स्वर्ण पदक जितेका थिए, मिल्खाले । सन् १९६० को रोम ओलम्पिकमा मिल्खाको प्रर्दशनलाई सर्वश्रेष्ठ मानिन्छ । उनी ४ सय मिटर फाईनलमा चौथो स्थानमा रहेका थिए । उनले सन् १९५६ र १९६४ को ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए । उनी सन् १९५९ मा भारतको सर्वश्रेष्ठ पद्यमश्रीबाट सम्मानित भएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.