मेलम्चीमा अझै ठूलो बाढी आउनसक्ने चेतावनी, हेलम्बु गाउँपालिकाले भन्यो- अझै ७५ प्रतिशत पहिरो बाँकी छ

0 693


५ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा बाढी आउनुको मुख्य कारण गाउँपालिकाको वडा नम्बर १ स्थित भेमाथाङ चाैरमा गएको पहिरा रहेको खुलेको जानकारी दिएको छ।

वातावरणविद् रविनराज निराैलालाई उद्धृत गर्दै गाउँपालिकाले उक्त जानकारी दिएको हो।

असार १ गते मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको स्पष्ट कारण नखुलिरहेको अवस्थामा गाउँपालिकाले यस्तो जानकारी दिएको हो।

गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चाैरमा पहिरो गएको बताएको छ। उक्त पहिरो २५ प्रतिशत मात्र र अझै ७५ प्रतिशत बाँकी नै रहेकोले सतर्कता अपनाउन गाउँपालिकाले अपिल गरेको छ।

‘उक्त चाैरमा हाल २५ प्रतिशत मात्र पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जानसक्ने भन्ने हालसम्म यकीन नभएकोले थप बाढी आउन सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.