Advertisement

भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ – स्वास्थ्य विज्ञ

0 1,063

Advertisement

०५ असार, काठमाडौं । भारतमा कोभिड –१९ को तेस्रो लहर अक्टोबर महिनामा आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।

विज्ञहरुका अनुसार महामारी एक सालका लागि सार्वजनिक स्वास्थ्यका लागि खतराको रुपमा रहनेछ।

४० विशेषज्ञहरु समावेश भएको र ३ देखि १७ जुनको बीचमा गरिएको सर्भेक्षणमा विज्ञहरुले खोपको कारण कोरोनाको ताजा लहरमा केही सुरक्षा रहने बताएका थिए।

सर्भेमा सहभागी ८५ प्रतिशत विशेषज्ञले आगामी लहर अक्टोरबमा आउने दावी गरे भने तीन जनाले अगस्टको शुरुवात र सेप्टेम्बरको मध्य महिनामा सुरु हुनसक्ने बताए। बाँकी तीन विशेषज्ञले भने नभोम्बरबाट फेब्रुअरीको बीचमा तेस्रो लहर आउने सम्भावना रहेको बताए।

७० प्रतिशत विज्ञषज्ञका अनुसार नयाँ लहर यसपटक यसअघिका लहरको तुलनामा राम्रोसँग नियन्त्रणमा आउने छ। खोपका कारण पनि नियन्त्रणमा आउन सहज हुने उनीहरुको भनाइ छ।

बालबालिकाको लागि तेस्रो लहर खतरा हुनसक्छ भन्ने प्रश्नमा दुई तिहाई अर्थात् २६ देखि ४० विज्ञले खतरा रहने सम्भावना जनाए भने१४ विशेषज्ञले भने बालबालिकाको लागि खतरा नहुने दाबी गरे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.