Advertisement

नेपालको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले लेखे : ‘उनीहरु हिरो हुन्’

0 946

Advertisement

०५ असार, काठमाडौं । नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको सो भिडियोलाई प्रमुख गेहब्रेयसले सेयर गर्दै स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्‍याउनका लागि गरेको प्रयत्नको प्रशंसा गरेका हुन् ।

भिडियोमा यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै देखिन्छ ।

डब्लुएचओका निर्देशक डा.टेड्रोसले पनि यो भिडियोमा प्रतिक्रिया नजनाइरहन सकेनन् । उनले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.