Advertisement

१ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गरिने

0 696

Advertisement

०५ असार, बैतडी । डिभिजन वन कार्यालय बैतडीले यस वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्दैछ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी, फलफूलका बिरुवा वितरण गर्न लागिएको हो ।

जडीबुटी, फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन् । डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयहरु पाटन, गाँजरी, हाट र गोकुलेश्वर नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएका हुन् । उत्पादन गरिएका बिरुवामा दाँते ओखर २० हजार, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठालगायतका रहेका जनाइएको छ ।

गोकुलेश्वरमा रहेको सव डिभिजन कार्यालयबाट किसानलाई निःशुल्क वितरण भइरहेको र अन्य ठाउँका नर्सरीबाट केही दिनबाट वितरण हुने पराजुलीले बताउनुभयो । किसानको आयआर्जनमा वृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको पराजुलीको भनाइ छ ।

गत वर्ष पनि डिभिजन वन कार्यालयले ७० हजार विरुवा उत्पादन गरेर वितरण गरेको थियो । यसैबीच सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले ५६ हजारको हाराहारीमा हिउँदे फलफुलका बिरुवा बिक्री वितरण गरेको छ । ५७ हजार बिरुवा उत्पादन गरेकोमा ५६ हजार बिक्री वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले जानकारी दिनुभयो । यसै बीच ५६ हजारको हाराहारीमा हिउँदे फलफूलका बिरुवा बेचेर २७ लाख राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक वर्षमा भने केन्द्रले २३ लाख १७ हजार मात्र राजश्व उठाएको थियो । केन्द्रले अहिले १८ हेक्टर क्षेत्रफलमा बिरुवाहरु उत्पादन गर्दै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.