विपत्तिले लखेटीरहेकै छ सिन्धुपाल्चाेकलाई, शुक्रवारको बाढीले ढलायो हेलम्बुको इलाका प्रहरी कार्यालय

0 1,254

०५ असार, काठमाडौं । शुक्रवार मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकाको वडा २ किउलमा रहेको प्रहरी कार्यालय ढलाएको छ। शुक्रवार साँझ पानी पर्न थाले पछि बाढी बढेको थियो।

मंगलवार आएको बाढीले खासै क्षति नपुगेको इलाका प्रहरी कार्यालय हेलम्बुको कार्यालय शुक्रवारको बाढीले भने भत्काएको हो।

मंगलवार मेलम्ची खोलामा बाढी आएपछि चौकीका सामान सबै सारिएको थियो। हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ। मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ।

बाढीको बहाव घट्ने बढ्ने भइरहेको स्थानीयले जनाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.