Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

५ दिनअघि श्रीमती गुमाएका भारतका चर्चित एथलिट मिल्खा सिंहको काेभिडबाटै मृत्यु

0 137

०५ असार, एजेन्सी । भारतका चर्चित एथलिट मिल्खा सिंहको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमित ९१ वर्षीय सिंहको चण्डीगढस्थित एक अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । अस्पताल भर्ना भएका उनमा शुक्रबार साँझ स्वास्थ्य समस्या जटिल भएको थियो । स्थानीय समयअनुसार राति साढे ११ बजे सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

२० मे मा कोभिड संक्रमण भएका सिंह स्वास्थ्यमा समस्या आएपछि ३ जुनमा अस्पताल भर्ना भएका थिए । १३ जुनसम्म आईसीयूमा राखेपछि उनको कोभिड रिपोर्ट नेगेटिभ आएको अस्पताललाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

कोभिड रिपोर्ट नेगेटिभ भए पनि स्वास्थ्यमा सुधार नआएपछि सिंहलाई आईसीयूबाट निकालिएको थिएन । पाँच दिन अघि मिल्खाकी श्रीमती निर्मल मिल्खा सिंहको निधन पनि कोभिड संक्रमणबाटै भएको थियो ।

फ्लाइङ सिख नामबाट चर्चित मिल्खा सिंह ४ सय मिटर दौडमा एसियाली र कमनवेल्थ खेलमा स्वर्णपदक जित्ने एकमात्र भारतीय हुन् । उनको जीवनीको विषयमा ‘भाग मिल्खा भाग’ नामक फिल्मसमेत बनेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.