जसपाको बहुमत पक्ष आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा
०४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
आफूहरुको पक्षमा बहुमतका साथै आफ्नो पक्ष पार्टीको कार्यदिशा र योजनाको पक्षमा रहेकोले आधिकारिकता दावी गर्दै यादव-भट्टराई पक्षका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकाले शुक्रबार निर्वाचन आयोग जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा अध्यक्ष महन्थ ठाकुरले ओली सरकारमा सहभागी भएपछि जसपा दुई ध्रुवमामा विभाजित भएको छ ।