Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै

0 234

०४ असार, कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन्। उनले बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत शनिबार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज मत लिन लागेका हुन्।

गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन रहेको छ। पोखरेलले शुक्रबार ३१ सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए। उनलाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.