Advertisement

उपत्यकामा घट्दै संक्रमित, अस्पतालमा खाली हुँदै बेड

0 908

Advertisement

०३ असार, काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका विभिन्न सरकार र निजी अस्पतालहरुमा जेनेरल–एचडीयू, आइसीयू र भेन्टिलेटर बेड खाली हुन थालेको हो ।

उपत्यकाका सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा जेनेरल–एचडीयू, आइसीयू र भेन्टिलेटर बेड खाली हुन थालेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने नेपालमा कोरोना सङ्क्रमित हुने भन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । त्यस्तै मृत्यु हुने दर पनि कम भएको छ । निको हुने दर ८८.४९ प्रतिशत रहेको छ भने १.३९ प्रतिशत मृत्यु दर र १०.१२ प्रतिशत सङ्क्रमण दर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबारसम्मको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने यी अस्पतालहरुमा १७ सय ९ जेनेरल–एचडीयू, १६१ आइसीयू र १०१ भेन्टिलेटर बेडहरु खाली भएका छन्

जसमध्ये सशस्त्र प्रहरी अस्पतालमा रहेको १८० वटा जेनेरल–एचडीयू बेडमध्ये ९२ बेड खाली छन् । साथै २० वटा आइसीयू बेडमा ६ वटा र ९ वटा भेन्टिलेटर बेडमध्ये एक बेड खाली भएको छ । वीरेन्द्र अस्पतालमा २२० जेनेरल–एचडीयू बेडमध्ये १४५, २० आइसीयू बेडमध्ये दुई र आठ वटा भेन्टिलेरमध्ये तीन बेड खाली छन् । नेपाल प्रहरी अस्पतालमा २३० जेनेरल–एचडीयू बेडमध्ये १०१ बेड खाली भएका छन् । साथै ३० आइसीयू बेडमध्ये चार बेड र २० वटा भेन्टिलेर बेडमध्ये सात वटा बेड खाली भएका छन्वी ।

र अस्पतालमा रहेको १५३ वटा जेनेरल–एचडीयू बेडमध्ये ५१ वटा, ३५ वटा आइसीयू बेडमध्ये १७ वटा र १० वटा भेन्टिलेटर बेडमध्ये दुई वटा बेड खाली भएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा १४३ जेनेरल–एचडीयू बेडमध्ये १४१ बेड खाली छन् । १२ आइसीयूमध्ये ६ बेड र ६ वटा भेन्टिलेटर बेड खाली छन् । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा एक सय जेनेरल–एचडीयू बेडमध्ये ५३ बेड, २८ आइसीयू बेडमध्ये ७ र २२ भेन्टिलेटर बेडमध्ये ६ बेड खाली रहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३३९ जेनेरल–एचडीयू बेडमध्ये २२२, ५१ आइसीयू बेडमध्ये एक र ३१ भेन्टिलेटर बेडमध्ये ६ वटा बेड खाली रहेको छ । पाटन अस्पतालमा २७० जेनेरल–एचडीयू बेडमध्ये १६४ बेड, ३० आइसीयू बेडमध्ये १० बेड र १५ भेन्टिलेर बेडमध्ये पाँच बेड खाली रहेको छ । निजामती कर्मचारी अस्पतालमा रहेको ८५ जेनेरल–एचडीयू बेडमध्ये ४५ बेड, १५ आइसीयू बेडमध्ये तीन बेड र ६ वटा भेन्टिलेटर बेड खाली रहेका छन् ।

भक्तपुर अस्पतालमा रहेको ७३ जेनेरल–एचडीयू बेडमध्ये ५९ बेड र तीन भेन्टिलेटर बेडमध्ये एक बेड खाली रहेका छन् । भक्तपुर अस्पतालमा आइसीयू बेड खाली छैन । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा रहेको १८९ वटा जेनेरल–एचडीयू बेडमध्ये १६० वटा बेड खाली रहेको छ ।

त्यस्तै मनमोहन अस्पतालमा रहेको ५० वटा जेनेरल–एचडीयू बेडमध्ये ३९ बेड खाली भएका छन् । त्यस्तै २१ आइसीयू बेडमध्ये १७ वटा र १२ वटा भेन्टिलेटर बेडमध्ये ११ वटा बेड खाली रहेका छन् । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा रहेका ८५ वटा जेनेरल–एचडीयू बेडमध्ये ६० वटा, २० वटा आइसीयू बेडमध्ये पाँच वटा र ११ वटा भेन्टिलेटर बेडमध्ये ९ वटा बेड खाली भएका छन् । काठमाडौं मेडिकल शिक्षण अस्पतालमा रहेका २४५ वटा जेनेरल–एचडीयू बेडमध्ये २३९ बेड, ५५ वटा आइसीयू बेडमध्ये ५० र २५ वटा भेन्टिलेटर बेडमध्ये २२ वटा बेड खाली भएका छन् ।

यसैगरी किस्ट अस्पतालमा रहेका १०५ जेनेरल–एचडीयू बेडमध्ये ८४ वटा, २० वटा आइसीयू बेडमध्ये १० वटा र १५ वटा भेन्टिलेटर बेडमध्ये १३ वटा बेड खाली छन् भने धुलिखेल अस्पतालमा रहेका ८४ वटा जेनेरल–एचडीयू बेडमध्ये ७६ वटा, ६४ वटा आइसीयू बेडमध्ये २१ र ८ वटा भेन्टिलेटर बेडमध्ये चार वटा बेड खाली भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

यी अस्पतालहरुमा रहेको जेनेरल–एचडीयू बेडामा ८४२ जना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । साथै २६६ जना आइसीयूमा र एक सय जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

त्यसोत बुधबार दुई हजा ८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साथै तीन हजार ८२ जना सङ्क्रमण मुक्त भएका छन् भने ५२ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाउनु परेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.