Advertisement

सरकारले कर तिर्न तालिका सार्वजनिक गर्यो

0 398

Advertisement

०३ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ । विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ ।

विभागले सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको मासिक तथा २०७७ चैत्र र २०७८ बैशाखको द्धिमासिकको कर २०७८ असार २५ गतेभित्र तिरिसक्ने सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै, आयकर ऐन २०५८ बमोजिमका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम असार २५ गतेभित्र बुझाउन भनेको छ । अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५भित्र बुझाउन पर्ने छ ।

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार ुसेवा दूस्तुर पनि असार २५ गतेभित्र बुझाउ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.