Advertisement

रोनाल्डोका कारण कोकाकोलाको बजार मूल्यमा ४ बिलियन डलर गिरावट

0 823

Advertisement

०२ असार, एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान टेबलमा रहेका दुई वटा कोकाकोलाका बोतल हटाएको परिणामस्वरूप कोकाकोलाको बजार मूल्यमा ४ बिलियन डलर गिरावट आएको छ।

युरो २०२० अन्तर्गत हंगेरीविरुद्धको खेलअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले टेबलमा राखिएका दुई वटा कोकाकोलाको बोतल पर हटाएर पानीको बोतल देखाएका थिए। जसका कारण अमेरिकन पेय पदार्थ कोकाकोलाको सेयर मूल्यमा गिरावट आएको हो।

हंगेरीको बुढापेस्टमा भएको सोमबार भएको पत्रकार सम्मेलनमा रोनाल्डोले कोकको बोलत हटाएर पोर्चुगिज भाषामा ‘पानी’ भनेका थिए। जसका कारण कोकको शेयर मूल्य १.६ प्रतिशतले घटेर ५५.४४ डलरमा आएको छ भने बजार मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियन डलरमा आइपुगेको छ।

कोक युरो २०२० को मुख्य प्रायोजक हो। रोनाल्डोले बोलत हटाएपछि कोकले विज्ञप्ती जारी सबैले आफ्नो पेय पदार्थको प्राथमिकता छनोट सक्ने बताएको थियो।

यस्तै युरो २०२० का प्रवक्ताले सबै खेलाडीलाई पत्रकार सम्मेलनमा बिनाचिनीको कोकका साथै पानी दिने गरेको बताएका छन्।

साथै उनले कोकजस्ता ब्रान्डको सहयोगबिना यस्ता प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न नसकिने भन्दै कोकको बचाउ गरेका छन्।

यस्तै मंगलबार राति फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पत्रकार सम्मेलनका दौरान हाइनीकेन बियरको बोलत टेबलबाट हटाएका थिए। फ्रान्सले जर्मनीलाई पराजित गरेपछिको पत्रकार सम्मेलनमा पोग्बा उपस्थित भएका थिए।

त्यसअघि भएको खेलमा रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको थियो। दुई गोल गरेसँगै ३६ वर्षीय रोनाल्डो युरो कपको सर्वाधिक गोलकर्ता बनेका थिए। पाँचौ पटक युरो कप खेलेर अर्को रेकर्ड बनाएका रोनाल्डोले पाँच युरोमा ११ गोल गरिसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.