Advertisement

नेप्सेमा आज बुधबार भारी अंकको गिरावट

0 468

Advertisement

०२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार भारी अंकको गिरावट आएको छ । हिजो मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको थियो ।

आज नेप्से ५२.३९ अंकले घटेर दुई हजार ९ सय ६९ दशमलब ७२ विन्दुमा थामिएको छ । त्यस्तै, आज १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

फस रेट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ७ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ६० करोड ९० लाख १२ हजार ३२६ बराबरको शेयर किनबेच भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.