Advertisement

अबैध लागूऔषध सहित ६ जना पक्राउ

0 653

Advertisement

०२ असार,पर्सा ।पर्सा, वीरगंज महानगरपालिका-१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकबाट ६५ किलोग्राम अबैध लागूऔषध गाँजा सहित ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका-६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्ने क्रममा क्याबिनभित्र लुकाइ राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट करिब ८० केजी अबैध लागूऔषध गाँजा सहित मनहरी नयाँबस्ती बस्ने २५ वर्षीय सन्तोष आले मगर सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

चितवनबाट बारातर्फ जाँदै गरेको ना.२ ख ५५७९ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी ट्रक चालक मगर समेत ३ जनालाई पक्राउ गरेको हो ।


कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट ७ ग्राम ७ सय ६० मिलिग्राम अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय लाल बहादुर ऐर र सोही ठाउँ बस्ने २२ वर्षीय चन्द्र बहादुर साउद रहेका छन् ।

से.६ प ८०९९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक ऐर र मोटरसाइकलमा सवार साउदलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.