Advertisement

नारायणीमा पानीको सतह ४० वर्ष यताकै ठुलो: चितवनका केही ग्रामीण भेग डुबानमा, सतर्क रहन महानगर प्रमुख दाहालको आग्रह

0 878

Advertisement

राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा रहन निर्देशन

०२ असार, चितवन । अविरल परेको बर्षासँगै नारायणी नदीमा खतरा भन्दा माथि पुगेको पानीको सहत आज केही घटेको छ । पानीको सहत घटेपनि खतरा नटरेको भन्दै नदी तटिय स्थानमा बसोबास गर्नेहरुलाई सर्तन रहन पुनः स्थानिय प्रशासनले आग्रह गरेको छ । स्थानिय प्रशासनका अनुसार नारायणी नदीमा हिजो (मंगलबार) देखिएको पानीको सतह ४० वर्ष यताकै सबैभन्दा ठुलो रहेको छ । आज बिहानबाट पानी पर्न केही कम भएकाले नारायणीमा पानीको सतह घट्दै गएको जलमापन केन्द्र देवघाटले जनाएको छ ।

लगातार बर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह गरेकी छिन् । आज बिहान भरतपुर महानगरपालिकाको वडा नं. २६ स्थित नारायणी नदी छेउछाउ रहेको बस्तीहरु सिसही, सिम्रेनी क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले नदीबाट हुनसक्ने कटान र डुबानबाट सजग र सतर्क रहन आग्रह गरेकी हुन् ।

उनले भनिन्–‘लगातार वर्षा भईरहेको छ, नदीको बहावपनि बढिरहेको छ सम्पूर्ण सूरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको बिपत ब्यवस्थापन प्रतिकार्य ईकाईलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्दारमा खटिन तयार रहनु्स ।’ उनले भरतपुर महानगरपालिका भित्र संभाबित डुबान तथा कटानबाट हुन सक्ने क्षेतिलाई रोक्न हर सम्भव लागिपर्ने बताउदै सोही अनुसार काम गर्न सबैलाई आग्रहसमेत गरिन् । प्रमुख दाहालले जेस्ठ नागरिक, बालबालिका तथा अपाड्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छिन् ।

स्थलगत अनुगमनका क्रममा प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिती, यूवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिएकी छिन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले समन्वयात्मक ढंगले संभाबित क्षति रोक्न र उद्दारकालागी सबै संयन्त्रलाई तयारि अवस्थामा राखेर काम अगाडी बढाएको बताए । नारायणी नदीको उच्च बहाबले भरतपुर महानगरपालिका वडा न २६ को सिसुवारमा डुबानमा परेका १६ धर परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अघ्यक्ष ज्ञानप्रसाद खनालले बताए।

यस्तै, वडा नं. १६ को झनझने, गणेश मन्दिर र बिजय नगरको मगरगाँँउको छेउछाउमा करिब १ सय घर डुबानमा परेको र तिनिहरूलाई शरणपुर आधारभूत बिद्यालय र अन्य सुरक्षित स्थानमा राखियको वडा अध्यक्ष अमृत हमालले बताए । बाढीले वडा न ३ को नारायणी दोभान टोलमा रहेको चक्लेट उद्योग वरीपरीका ५० घर डुबेसंगै त्यहाँ आरिुत स्थानियहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष चन्द्र मित्र पंडितले बताए । देवघाट मापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह ९ पुगे खतरा मानिन्छ ।

हिजो राति सम्म खतरा भन्दा माथि रहेको पानीको सतह आज बिहान ७ः२० देखि खतरा भन्दा तल झरेको छ । बाग्लुङ, पर्वत, गुल्मी तथा कास्की, लमजुङ, गोर्खा, धादिङलगायतका पहाडी जिल्लामा अविरल पानी परिरहेकोले पानीको सतह पुनः खतरा सम्म जान सक्ने भन्दै अझैं केही दिन सजग र सतर्क रहन मौसम बिभागले आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.