Advertisement

प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड

0 641

Advertisement

०१ असार, काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएकोे छ । बैंकले जेठ ११ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको थियो ।

जसमध्ये बैंकले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बिक्री गरेको छ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गरेको छ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गरेको हो ।

बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र निष्काशन गरेको हो । रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँट गरेको गरिएको छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.