युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा

0 1,188

०१ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबै कम्पनीले आईपीओ निष्काशनको लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन ।

युनियन लाइफ इन्स्योरेन्सले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन । दुबै कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीको हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । युनियन लाईफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । त्यस्तै सानिमा लाईफ इन्स्योरेन्सको हाल रू. १ अर्ब ४० करोड रहेको छ ।

सानिमा लाईफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । दुबै कम्पनी नयाँ बीमा कम्पनीको रुपमा सञ्चालनमा रहेका हुन । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेका हुन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.