Advertisement

युरोकपमा स्लोभाकियाको विजयी सुरुवात

0 759

Advertisement

०१ असार, एजेन्सी । स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८औँ मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको हो ।

स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलकिपर वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।

४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए । तर, मिडफिल्डर ग्रिजोर्ज क्रिजोयिक ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोल्याण्डले अर्को गोल खायो ।

६९औँ मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.