Advertisement

युनियन हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने

0 681

Advertisement

३१ जेठ, काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले तेह्रो र चौधौं दुई आर्थिक वर्षको साधारण सभा असार २५ गते बिहान ११ बजे बोलाएको हो ।

साधारण सभाले कम्पनीद्वारा प्रबर्धित मिदिम खोला कपुरा जलविद्युत आयोजनाको लागि लिएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासको लागि आवश्यक रकमको लागि हकप्रद शेयर जारी गरी पूँजी उठाउने सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

यस्तै कम्पनीले अनुमतिपत्र प्राप्त गरेको आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तातरण गर्न,स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको खोज्न र बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ ।

कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट भने लाभांश नदिने भएको छ ।

सभामा सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि २५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.