Advertisement

“देश बचाउने सन्दर्भमा” – पत्र

0 502

Advertisement

तिर्थ ‌ओली

३१ जेठ, काठमाडौं । 

श्रीमान प्रधान सेनापती ज्यु,
नेपाली सेना l

बिषय: देश बचाउने सन्दर्भमा l

सम्मानित नेपाली सेना त्यस संस्थाको गरिमा र प्रतिष्ठा जोगाएर आज सम्म यो स्थिति आएको छ जसको सह्राना नगरी रहन सकिन्न l र अहिलेको देशको परिस्थिति गम्भीर संकटमा छ, सायद यस्तो कहिल्यै थिएन होला l

अलिकति घटनाको सृंखला सम्झदा देखिने गरी रु. ७० करोडको सेक्युरिटी प्रिन्टिंग प्रेसको काण्डबाट शुरु भए पछि, सांसद अपहरण, कोभिड शुरु हुँदा राजनीतिक पार्टी बिभाजन सम्बन्धि एक्कासी आएको अध्यादेश आयो l ब्यापक बिरोध पछि अध्यादेश फिर्ता पनि भयो l तर ७० करोड काण्ड बारे बहस चलि रहेकोले होला यसको अभियोग लागेका गोकुल बास्कोटालाई पत्रकारले भारतीय दुताबास छिर्न लागेका बखत भेटिएछन् l आफु बच्न र सरकार बचाउन उनी दुताबास धाएका थिए जस्तो बुझ्न सकिन्छ l कमजोरी र खेल्ने ठाउ भारतीयले थाहा पाइहाले l यो सृंखला केहि महिना मत्थर भए झैँ भए पनि पार्टीभित्रको टकराबले गर्दा अब त उनका बाले गोप्य रुपले बिशेष चार्टर्ड बिमानबाट भारतीय जासुसको हाकिम सामन्त गोयललाई नै मध्ये रातमा रातो कार्पेट ओछ्याएर बालुवाटार छिराएर घन्टौ बार्ता गरे, तर पछि कुरो खुस्कि हाल्यो l उनि मौन रहे तर संचार माध्यमलाई दबाउन सकेनन l जसरी अहिले उनले बनाएका उप-प्रधान मन्त्रि राजेन्द्र महतोले देशको बिखन्डनको कुरा गरेर अस्मिता माथि नै धावा बोल्दा पनि चुइक्क समेत बोलेका छैनन l उनलाई उनको विरोधीको मेख मार्न र सत्ता टिकाउन जे पनि गर्न र जस्तो सुकै कु-कार्य र अपराध गर्न पछि पर्दैनन भन्ने छर्लङ्ग भएको छ l

इन्डो पासिफिक रणनीतिमा गोप्य ढंगले सम्झौता गर्नु,एमसीसीको लागि मरिहत्ते गर्नु ,पटक-पटक देशको नीति निर्माणको जन प्रतिनिधिको प्रमुख थलो बिगटन गर्नु, पुरै अध्यादेश ल्याएर राज्यको संरचना नै भत्काउनु, उनको कुकार्य र अपराधमा सहयोगी हुने व्यक्तिहरुबाट ति राज्यका अंगहरु भर्नु , ओम्नी, क्यापिटल मर्चेन्ट बैंक, यति, कोरोना को साधन आदि काण्डका ठुला ठुला भ्रष्टाचारका आरोपितलाई संरक्ष्ण गर्नु, अपराधीहरुलाई छुटाउनु, जताततै असफल र काण्ड र आरोपबाट घेरिएकालाई पटक पटक मुख्य मुख्य ओहोदामा नियुक्ति दिलाउनु र यसै संग जोडिएको मध्यको एक घटना आफ्नाले गरेका घोटालाबाट फ़साइएका निर्दोशहरुलाई बर्षौ सम्म थुनामा राख्नु ( जुन सतहमा आएको मर्चेन्ट क्यापिटल बैंक घोटाला जस्ताको तस्तै सबभन्दा तल प्रस्तुत गरिएको छ) छन् l उक्त घोटालाबाट नेपाली सेनाकै पैसा पनि त्यहि बैंककोबाट करोडौ गायब भएको रहेछ l तर पछि डराएर त्यहि काण्ड गराउने डा युबराज खतिवडा र महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक बाटै मिलाई दिएको रहेछ l तर तिनै घोटालाका नायकहरु उनी र उनका सबभन्दा ठुलो ओहोदाको मान्छेले जोगाएर राखिएको हाम्रै पत्रकार बाट थाहा हुदैछ l तपाइहरुको त यिनीहरुले खान सकेनन तर फसाउने बेलामा निर्दोष गाउलेलाई फसाएका रहेछन जो कारागार मै सडिरहेका रहेछन l

आफ्नै पार्टीको एक महान नेता (मदन भण्डारी) र उनको मान्छेको आफ्नै लोग्नेलाई हत्या गरिएको छानबिन गरेर दण्ड गर्ने मौका थियो तर त्यसमा चासो छैन l बालुवाटारको जग्गा काण्डमा फरक फरक मापदण्ड गरेर आफ्नालाई उन्मुक्ति दिनु, नेपाली सेनालाई ठेकेदार बनाएर भ्रष्टाचार गर्ने प्रेरित गर्नु र आफ्नो सृखलाबद्द अपराधमा सेनालाई साथमा लिएर मतलब साध्य पुरा गर्नु, सर्बोच्च अदालतमा सेटिङ्ग मिलाएर मागदाबी नै नगरेको फैसला दिनु र देशलाई अस्थिरतामा धकेल्नु, प्रधान न्यायाधिशलाई आश्वाशन र धम्कि दिएर सृखलाबद्द अपराधमा (अध्यादेशमा) आफ्नो तिर ढाल्नु, निर्मला पन्तको घटना गराउनु, डिआइजीले आफ्नी श्रीमतीलाई टुक्रा टुक्रा पारेर हत्या गरेको मुद्दामा प्रधान न्यायाधिशलाई हप्काएर उनी दोषीलाई थुना मुक्त गराउनु, देश नै सर्बनास गर्ने गरी ढुंगा-बालुवा आदि भारत निर्यात गर्ने र असमान नागरिकता नीतिलाई नै बदल्ने गरी अध्यादेश ल्याउनु आदि उनका कु-कर्म छन l

कोरोनामा पर्याप्त ध्यान छैन l उपचार गर्न पैसा छैन भनेर भन्ने तर पचासौ अरब लाग्ने चुनाब गर्ने, गरिब निमुखालाई राहत नदिने, तर धनि धार्मिक संस्था हुँदा हुँदै पशुपतिमा उनको निजि स्वार्थको लागि सरकारीकोषको चन्दा दिनु, कोरोनाले जनतालाई घरमा थुनेको बखत आफु धार्मिक जुलुस निकाल्नु र कोरोना बढाउनु ,एउटा दलित प्रदेश प्रमुखलाई छापामार तरिकाले हटाउनु, सम्मानित नेपाली प्रहरी भित्र खेलेर आफ्नालाई उच्च पदमा नियम नै बदलेर हालेर प्रहरी संगठनमा लामो र उत्कृष्ट सेवा गरेका ब्यबसायिक प्रहरी अधिकृतहरुलाई निराश बनाउनु लगाएत कैनन अपराध र कर्तुत छन l उनले अध्यादेशबाट राज्यका प्रमुख पदमा गरेका नियुक्तिबाट केहि काम नगरी बसेका छन l सबै उनको प्रतिकुल घटना भएकोले उनीहरु अलोकप्रिय व्यक्ति हुन र उनीहरुलाई काम गर्न ल्याईएको देखिन्न l उदाहरणको लागि न्याय परिषद, महान्यायधिबक्ता, अख्तियार र निर्बाचन आयोग lयी सबैको अपराध र कुकर्म राष्ट्रपति महोदयको मिलेभागतबाट भएको छ l

यी सबै गरेको अपराध, कुकर्म, कर्तुत हाम्रो देश बाहेक अन्य देशमा भएको भए यी दुई बाँकि रहने थिएनन l उनमा प्रधान न्यायाधिश जस्तालाई पनि गालि गरेर, थर्काएर, फकाएर, धम्क्याएर मध्ये रातमा पर्खाल नाघेर उनलाई भेट्ने बनाउने र आफ्नो अपराधको पार्टनर बनाउने तागत रहेछ l यति सम्म कि सम्मानित अदालत मै सरकारको वकिल लगाएर गुन्डागर्दी गरी माननीय न्यायधिशहरुलाई प्रभाब पार्ने प्रयत्न नभएको हैन l तर अहिले सम्म टरी सकेको चाही देखिन्न l यिनले राज्यको संबैधानिक अङ्गमा भर्ना गर्ने भनेको भारतीय जासुसको लिष्ट अनुसार हुने हो l भनिन्छ न्यायालयमा पनि जासुस कै लिष्ट अनुसार नियुक्ति हुने गर्दछ भनिन्छ l त्यसैले रहेछ मागदाबी नै नभएको फैसलाको परिणाम त्यसैले रहेछ l

माननीय न्यायधिशहरु यस्तो माथि उल्लेखित अपराध, कुकर्म र ज्याजादीका बाबजुद उनैलाई सहयोग गर्न तयार देखिन्छन, जुन मागदाबी गर्दै नगरिएको मुद्दाले दिएको फैसला र त्यहि अलोकप्रिय न्यायाधिशहरुले गरेको किच किच आदि संकेत हुन l भन्न लाई नि लाज लाग्छ देश नै नराख्ने, भ्रष्टाचारी लाई संरक्षण गर्ने, भ्रष्टाचार मौलाउन दिने, देश नै डुबाउने अनैतिक, किर्ते र सामन्त गोयलको लागि काम गर्ने शाशकलाई साथ दिने हाम्रा माननीय न्यायधिश ज्युहरु पनि छन l त्यत्रा त्यत्रा घटना सामान्य हुन र ? के नागरिकताको अध्यादेश र चुरे दोहन वा ढुंगा गिट्टी र निर्यात गर्ने भन्ने अध्यादेश मामुली हो र ?

फेरी अर्को तिर त्यत्रा असंख्य अपराध, देशद्रोह, कुकर्म, चुनौती, भएतापनि एमालेका नेताहरु केहि युवा भनाउदा नेताहरुलाई यी अपराधका दाता, देशद्रोहका खानी, गोयलको पथमा जान लालायित देखिएका छन l ति नेता सित माथि उल्लेखित अपराधहरुलाई उनीहरुको समर्थन जस्तै देखिने हुनाले त उनीहरु दिन दिनै बार्ता गरी राखेका छन भनेर भन्न सकिन्छ l यस्तो देखिन्छ उनीहरु यस्ता अपराधमा जिम्बेवारी लिन चाहन्छन l यिनबाट पनि देशको भबिष्य छैन l यिनीहरु मन्त्रि नपाएर छटपटाएका छन् l पार्टी ठुलो हुन्छ भन्दैमा नैतिकता, सिद्धान्त, मूल्य, मान्यता बेचेर देशद्रोही, महाअपराधिको गुलाम बन्नु र उनको झोले बन्नु भनेको अति लज्जास्पद कुरो हो l यिनीहरुबाट देशले धोका पाउने देखिन्छ l यिनीहरु भारतीय जासुस संस्थाबाट चलेको पनि भनिन्छ, मतलब त्यहि गोयलको जासुसी संस्था तर अर्को लेयेरबाट यिनीहरु र जसपा राजेन्द्र महतो र ठाकुरहरु l यिनीहरु मिले रे भने पनि भोलि कुन मुखले यिनीहरु जनतामा जाने होलान l हुन त भोलि यी युबा नेताहरुले पार्टी भित्र छिरिसकेपछि उनलाई बढो निर्मम ढंगले निकाली दिन्छन भनेर उनैलाई पनि डर छ l र बा का छोराहरुको पनि त्यस्तै हालत होला l यदि ति युवा नेताले केहि नगर्ने हो भने सबै भन्दा सानो पार्टी भएर बस्नु पर्ने हुन्छ, जुन उनीहरु बाच्न सक्दैनन् l पत्रकार पी खरेल को भनाइ बाट पनि बुझ्न सकिन्छ कि युब भनाउदा झनै ठिक छैनन l

चपलीको एक नेपाली भारतीय जासुसको घरमा यिनीहरुको नेता सित छलफल भएकै थियो l केहि लागेन l फेरी यिनी कति तिकडम र नाटक जान्ने मान्छे रहेछन भने भारतीय जासुसको योजनाबमोजिम भारतीय पत्रकारलाई आफैले बालुवाटार बोलाएर राष्ट्रियताको कुरो गरे जस्तो गरेर भारतलाई थर्काएर जनतालाई झुक्याउने हर्कत पनि गर्ने कोशिष गरेरका थिए l त्यो पत्रकार भागेकोले रबि लामिछानेले नंग्याए l उता भने त्यहि पत्रकारले बिना अनुमति सगरमाथालाई गएर नामै फेर्ने कुरा चलाएका थिए l यी सबै निर्जल काम गर्ने शासक उही नामका बिखण्डनकारी देशद्रोही किर्ते प्रसाद ओली l

यस्तो परिस्थितिमा सम्मानित नेपाली सेनाले प्रजातान्त्रिक तवरले बिशेष तरिकाले सहयोग गर्नु जरुरी छ, मतलब यो राज्य द्रोह, देशको अस्मिता बेच्ने, देशको प्रणालीको संरचना भत्काउने शाशकको सहयोगी न हुनु भन्ने हो l केहि नगर्नु भनेको सहयोगी हुनु हो l त्यसैले यिनलाई घुमाउरो तरिकाले देशको प्रणाली भक्त्काउदा टुलुटुलु बसेर हेर्न नसक्ने बरु अन्य पार्टीलाई शान्ति पूर्ण ढंगले सत्ता हस्तान्तरण गर्न सुझाउन सकिन्छ l फेरी पनि, माथि उल्लेखित त्यत्रो बेइमानी, अपराध, कुकर्म सम्मानित नेपाली सेनाले हेरेर बस्न सुहाउछ र ? यदि बसिच्न्छ भने नेपालीको आशा केन्द्र नेपाली सेना माथि नै निराशामा बदलिन्छ र फलत मिलिभगत गरेर मध्यारातमा पनि नसुतेर देशै भत्काउने शाशकको कुकृत्यले नेपालको स्वाभिमान नरहने, प्रणाली तहस नहस हुने, र देशको भविष नै नरहने हुन्छ l अब यो देश बचाउने भनेको सम्मानित सर्बोच्च अदालतका जिम्बेवार माननीय न्यायाधिशहरुबाट र नेपाली सेनाबाट हो l

धन्यवाद,
हामी जागरुक र सरोकार राख्ने व्यक्तिहरु

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.