एक नेपाली : अस्पतालको सैयामा, छट्पटाई रहेका नेपाली
जीवन त्वाती
२९ जेठ, भक्तपुर । एक नेपाली
अस्पतालको सैयामा, छट्पटाई रहेका नेपाली
भोक भन्दा प्राण वायु प्यारो लाग्ने समय
आवश्यक्ता अरु कसैको
केवल महत्त्व, सान्तोना, ढाढस, प्रोत्साहनको
जिन्दगीभर तछाड, माछाड
मेरो, तेरो, त्यसको, उसको, आ आफ्नै घमण्ड
अस्पतालको शैयामा छट्पटाई रहेका नेपाली
भोक भन्दा प्राण वायु प्यारो लाग्ने समय
स्वस्थ हुने पर्खाइमा
पर्खाइ माई सकिँदै अमूल्य जीवनको महत्त्व
खुल्ला आकाशको छात्र छाँयामा पाइने सबै चीजमा
भन्दा,
बन्द भाँडोको प्राण वायुको औधी महत्त्व
अस्पताल, सैया, अक्सिजन, भेन्टिलेटर,
मस्को,सामाजिक दूरी, साबुन, स्यानिटाइजिर
अविरल बग्ने मेहनतको पसिनाको माया झै
सही सदुपयोग स्वास्थ्य सामग्रीको आफ्नै झै
जीवन मरणको पर्खाइमा शैयामा
सुन्य फिक्का बिरानो सबै कुरामा
हिजो तेरो, मेरो, समयसँगै सबै महत्त्वहिन
न कुनै चाहना, आवश्यकता
अविरल, निरन्तर चलिरहने समयचक्र
समय सँगै आउने उतारचादाबको चक्र
अनावशेक सम्झना, वियोगका पीडामा नेपाली
अस्पतालको शैयामा छट्पटाइरहेका नेपाली
फर्किने रहर उही विगतका सम्झनामा
तर,
उही छट्पटी, रोदन, तिरस्कार, असहयोग वास्तविकतामा
सपना सबै अधुरै
उन्मुक्तिको बाटोमा जहाँ कहिले कोही फर्कन
भिख, प्रार्थना, आँसु, चिच्याहट, बिछोड, अनुनय
नियतिको खेल, सिथिको तलमा खेल खेल्ने मनुष्य
जति अदृश्य लेखाईमा त्यो नै सर्वोपरी
अस्पतालको शैयामा छट्पटाइरहेका लाचार एक नेपाली