Advertisement

राउटे समुदायको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग

0 749

Advertisement

२९ जेठ, काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउट समुदायको हालको अवस्थाबारे जानकारी लिएको छ ।

राउटे युवतीमाथि जेठ २३ गते भएको यौन दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने प्रबन्ध मिलाएको छ ।

राउटे समुदायको आफ्नै संस्कार र मान्यता रहेको छ । राउटे युवतीमाथि पहिलो पटक कथित सभ्य भनिएका जातका मानिसले होटलमा लगेर यौन दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि त्यसको चौतर्फी बिरोध भएको छ ।

अहिले राउटे समुदायको बस्तीमा सुरक्षाका लागि प्रहरी समेत परिचालन गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.