Advertisement

‘नेपाल स्वतन्त्र र स्वर्ग थियो, नेताका कारण अस्तित्व गुमाउन बाध्य भयो’

0 1,289

Advertisement

‘गाली खान्छु थाहा छ तर भोगेको र देखेको कुरा भन्दै छु…’

२९ जेठ, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार साँझ गाली खान्छु भन्ने थाहा हुँदाहुँदै मनमा लागेको र भोगेको कुरा सार्वजनिक गरेको मानन्धरले बताएकी छन्।

नेपाल भन्ने देश स्वतन्त्र र स्वर्ग थियो तर नेताले अस्तित्व गुमाउन बाध्य भएको उनको टिप्पणी छ। ‘नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो, स्वर्ग थियो तर त्यहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो’, उनले भनेकी छन्, ‘म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ! आशा छ हिन्दुहरुलाई यो सब सहन सक्ने साहसभगवान पशुपतिनाथले प्रदान गर्नेछन् !
हर हर माहादेव।’

पछिल्ला दिनमा क्रिश्चियन संस्कृतिले रातो टीकाको गौरवलाई घृणा गरेको उनको भनाइ छ। भवनालाई ढुंगा भनेकोप्रति उनको आपत्ति छ भने हिन्दु धर्मप्रतिको अपमानप्रति आक्रोश व्यक्त गरेकी छन्।

डमरू र त्रिशूल किन नेपाली सेनाको चिह्न भन्ने कुरा आएको, आफूहरुको आस्थालाई हटाउने काम सुरु भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।

अभिनेत्री मानन्धरले नेपालको राजनीति २०४६ सालको आन्दोलनपछि सचेत भएको भन्दै त्यो बेलाको एउटा दर्दनाक दृश्यकोसमेत सम्झना गरेकी छन्।

‘मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु। हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ। गाली खान्छु त्यो पनि थाहा छ। राजनीति अली सचेत भएको भनेको २०४६ सालको आन्दोलन देखि हो’, अभिनेत्री मानन्धरले भनेकी छन्, ‘त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटीपिटी मारेका थियो। त्यो देखेर ! त्यो दाइले पर्खाल चढ्ने निकै कोशिस गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको बोट त्यो बाटो ँहिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला !’

त्यो अवस्थादेखि अहिलेसम्म आइपुग्दासमेत शान्ति नआएको उनको भनाइ छ। फेरि जनआन्दोलन, छरपष्ट मृत शरीर, दरबार हत्याकाण्डले सबैकुरा विस्तारै बिग्रदै गएको उनको भनाइ छ।

पछिल्लो समय नेपालीमा समाजमा रहेको भाइचारा र धर्मसंस्कृतिको सम्मान ध्वस्त भएको उनको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.