Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय

0 51

२८ जेठ, कास्की । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।

बिहीवार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशप्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र नेपालको संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि आग्रह गरेकी हुन् ।

यसअघि संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छन् । सोही अनुसार बिहीवार मुख्यमन्त्री गुरुङले प्रदेश सभामा विश्वसाको मत मागेपनि मत प्राप्त भने गर्न सकेनन् । कुल ५८ मध्ये उनको पक्षमा जम्मा २७ मत परेको थियो भने उनको विपक्षमा ३० मत परेसँगै उनी पदमुक्त भएका हुन् । त्यस्तै नयाँ मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदले नै काम गर्न पाउने उनले बताएकी छिन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मिति २०७८/०१/२९ मा माननीय प्रदेश प्रमुखज्यूबाट मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका माननीय पृथ्बीसुब्बा गुरुङले संविधानमको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको मिति २०७८र०२र२९ गतेको पत्रबाट जानकारी हुन आएकोले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनको लागि मिति २०७८र०२र२९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभा सदस्यहरुलाई आह्वान गरिन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.