Advertisement

टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल लन्च

0 761

Advertisement

२८ जेठ, काठमाडौं । टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल लन्च भएको छ । भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको उक्त एसयूभी ३.५ लिटर पेट्रोल र ३.३ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यसमा प्रयोग गरिएको ट्विन–टर्बो भी६ इन्जिनमा प्रयोग गरिएको टेन–स्पिड अटोमेटिक ट्रान्समिसनले पहिलेको मोडल भन्दा १० प्रतिशत कम इन्धन खपत र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने कम्पनीको भनाइ छ ।

फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक

नेपालमा ५ करोड बढी मूल्य पर्ने

नयाँ जेनेरेसन ल्यान्डक्रुजर एलसी ३०० मा नयाँ इलेक्ट्रोनिक ‘काइनेटिक डाइनामिक’ सस्पेन्सन फिट गरिएको छ, जसमार्फत मल्टी–टेरेन सेलेक्ट सिस्टमका साथै प्रि–कोलिजन डिटेक्सन तथा न्यु पार्किङ सपोर्ट ब्रेक जस्ता फिचर प्रयोग गर्न सकिन्छ । त्यसैगरी यो गाडीलाई फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिन्छ ।

ल्यान्डक्रुजरको यो मोडलमा पहिलो पटक टोयोटा न्यु ग्लोबल आर्किटेक्चर (टीएनजीए) प्लेटफर्मको प्रयोग गरिएको छ । यो प्लेटफर्मले अनरोड र अफरोड दुवै अवस्थामा गाडीको पर्फमेन्स बढाउन सहयोग गर्छ ।

यसको लम्बाई, चौडाई, उचाई र ह्विलबेस जस्ता डाइमेन्स पहिलेकै ल्यान्डक्रुजर जस्तै छ, तर पहिले भन्दा २ सय किलोग्राम तौल कम छ ।

नेपालमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटाका गाडी बिक्री–वितरण गरिरहेको छ । नयाँ जेनेरेसन ल्यान्डक्रुजर एलसी ३०० को पेट्रोल इन्जिनयुक्त गाडी नेपाली बजारमा आउने सम्भावना छैन, किनभने यो धेरै नै महंगो पर्न सक्छ । नेपाली बजारमा डिजेल इन्जिनयुक्त ल्यान्डक्रुजर आउने र यसको मूल्य समेत ५ करोड रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.