Advertisement

पद गुमाएका रामबहादुर थापा बादल आउट भएपछि श्रीमतीको नैनकला ओली सरकारमा ‘इन्ट्री’

0 383

Advertisement

३० बैशाख, काााठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् । यसअघि थापा महिला आयोगमा थिइन् ।

उसो त यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् ।

यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.