Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘दिपक मनाङे’ सम्पर्कबिहीन भएपछि गुरुङको मुख्यमन्त्री पद धरापमा

0 142

२७ जेठ, काठमाडौँ । सम्पर्कबिहीन भएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ अझै सम्पर्कमा आएका छैनन्। उनी हिजो बुधबारदेखि सम्पर्कमा आएका छैनन् ।

आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने तय भएसँगै मनाङे भने सम्पर्कबिहीन भएका हुन् । मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गर्ने संकेत पनि देखाएका छन् ।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै छन्।

गुरुङले वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको शपथ लिएका थिए। संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।

मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद ‘मनाङे’ले सत्तापक्षलाई साथ छाड्ने संकेत जनाएपछि मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन कठिन देखिएको छ।

गण्डकीमा कुल ६० जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.