Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारोत्तोलन परिवारलाई सहयोग

0 58

२७ जेठ, काठमाडौं । भारोत्तोलन प्रशिक्षक स्व. शकिल हलवाइका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

भारोत्तोलन प्रशिक्षक तथा खेलाडी परिवारले संयुक्त रुपमा रकम संकलन गरी स्व. हलवाइका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

त्यसका लागि ललितपुर जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष राजीव खड्गीले पहल गरेका थिए ।


हलवाइको गत बैशाख २३ गते कोरोना भाइरस (कोभिड– १९) का कारण निधन भएको थियो । स्व. हलवाइ नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली भारोत्तोलन टिमको प्रशिक्षक मध्ये एक हुन् ।


स्व. हलवाइका परिवारलाई ३६ हजार नगद प्रदान गरिएको उपाध्यक्ष खड्गीले जनाएका छन् । त्यस्तै भारोत्तोलनका पहिलो पुस्ताका खेलाडी मध्येका एक स्व. नवराज कैनीको परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको उपाध्यक्ष खड्गीले जानकारी गराए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.