Advertisement

अवैध लागूऔषध ब्राउनसुगर सहित पाँच जना पक्राउ

0 402

Advertisement

२७ जेठ, काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-८ भान्टाबारीबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु कबिरथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


कञ्चनपुर, भिमदत्त नगरपालिका-४ सुन्दराटोल बस्ने भुवन साहुलाई आफ्नै घरमा रहेको होटल एण्ड लजबाट १ ग्राम ४२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ३ हजार ६ सय ५५ रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-९ रतनपुर खजुवाबस्तीबाट १२ ग्राम २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल ठगुन्नालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संघीय प्रहरी इकाई कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


बर्दिया, मधुवन नगरपालिका-८ लालीबजारबाट करिब ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ११ हजार २ सय रुपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय पप्पु अन्सारी र सोही ठाउँ बस्ने २३ वर्षीय बिकास चौधरी रहेका छन् । पैदल हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.