Advertisement

सङ्कटका बेला मजदुर र विपन्नको छाक टार्दै क्याप्टेन श्रेष्ठ

0 564

Advertisement

२७ जेठ, काठमाडौं । दिएर खाएर त कसलाई पो पुग्ला र ! तर आपत्–विपद्का बेला सहयोगी मनहरुको साथ पाउँदा दिने पाउने दुवैलाई राहतको अनुभव हुँदो रहेछ । गत वर्षको बन्दाबन्दीमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदूरी गर्नेहरुलाई करीब ३५ लाख बराबरको राहत वितरण गरेका एक पाइलटको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ ।

यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठ र उहाँकी श्रीमती लीला मास्केको पहलमा तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण स्थानीय सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् ।

सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको थियो । सो मानवीय कार्यका लागि मोरङको जनता माध्यमिक विद्यालय, विराटनगरको ४३ औँ समूहका सहपाठी पोखरा निवासी वसुधा गुरुङ, संयुक्त राज्य बेलायत निवासी मधु गुरुङ, कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतको सहयोग रहेको छ । उक्त सङ्ख्यामा राहत वितरण गर्दा करीब रु तिन लाख खर्च भएको श्रेष्ठले राससलाई बताउनुभयो । विमानहरु नचलेका बेला घरमै आनन्दले बस्न पनि सकिन्थ्यो होला तर दिनदुःखीलाई सम्झिएर ती मनकारी पाइलटलाई सायद निद्रा लाग्दैन ।

सो गाउँमा खानेकुरा अभाव भएपछि कोही जङ्गलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार समाचार प्रकाशन भएको थियो । समाचार पढेर श्रेष्ठको मन पग्लियो । अनि सहयोगीहरुबाट खाद्यान्न संकलन गरी वितरणका लागि आफै गाडीको प्रबन्ध गरेर निषेधाज्ञाकै बीचमा हिड्नुभयो । विमान चालकको पास देखाएपछि र राहातको सामन देखेपछि आफूलाई सुरक्षाकर्मी र स्थानीय सरकारले सहजता गरिदने गरेको क्याप्टेन श्रेष्ठले बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेका थिए ।

श्रेष्ठले काठमाडौँ महानगरपालिका–३० को रातोपुलमा स्थापना भएको सुविधा सम्पन्न आइशोलेसन सेन्टरलाई गत महिना रु एक लाख हस्तान्तरण गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोला निवासी श्रेष्ठको निवास नजिकको श्रीसागर खाद्य स्टोरबाट दैनिक ३०÷४० जना मजदूर र विपन्नलाई राहत वितरण भइरहेको छ । आज बिहान पनि ललितपुरको च्यासलदेखि हिँडेर आएका सात महिला र सुकुम्बासी टोलका चार तथा सुत्केरीसहित गरी २५ जना परिवारलाई उहाँले राहात बाँड्नुभयो । पसलबाट राहत बाँड्न थालेपछि बाटोमा हिँड्ने ज्याला मजदुरहरु पनि लाइन लाग्न आउने हुँदा उनीहरुलाई पनि श्रेष्ठले खाली हात पार्नुहुन्न । गत वर्ष ग्याँस अभाव वा काठाडौँबाट गाउँ घर जान खर्च नपाएकाहरुलाई उहाँले कोभिडको जोखिम मोलेर ठाउँ ठाउँमा आफै पुगेर नगदै पनि दिनुभएको थियो ।

गत वर्ष काठमाडौँका थानकोट, बालाजु, जोरपाटी, भक्तपुरको सूर्यविनायक र ललितपुरका गोदावरीसम्मका विभिन्न स्थानमा आफैले गाडीमा राखेर सामान बाँडेको उहाँको टोलीले यस पटक उक्त मूदरुपमा स्टोरबाट र बढी नै आवश्यकता भएका ठाउँमा आफै पुगेर सामान उपलब्ध गराइदिने गर्नुभएको छ ।

गत वर्षको बन्दाबन्दीको समयमा श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुर, एकल महिला, खुद्रा पसल चलाउनेहरु, अपाङ्गता भएका र विपन्नलाई पटक पटक गरी करीब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो । शुरुमा क्याप्टेनहरु रमोद श्रेष्ठ र गौरव बोहराको हौसाबाट उहाँले यो अभियान थालनी गर्नुभएको थियो । श्रेष्ठले गोरखा भूकम्पका बेला काभ्रेपलाञ्चोकमा पाँच लाख बराबरको सहयोग गर्नुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.