Advertisement

फ्रेन्च ओपनमा नाडाल र जोकोभिच सेमी फाइनलमा प्रवेश

0 853

Advertisement

२७ जेठ, एजेन्सी । फ्रेन्च ओपन प्रतियोगितामा पुरुषतर्फ रफाएल नाडाल र नोभाक जोकोभिचले सेमी फाइनलमा प्रवेश गरेका छन् । अव नाडाल र जोकोभिचले फाइल खेलको प्रवेसको लागि प्रतिस्पर्दा गर्ने भएका छन् ।

बुधवार खेलिएका खेलमा टेनिस जगतका दुई जना सुपरस्टार खेलाडीले नै आ-आफ्नो क्वार्टर फाइनल खेलमा जित हासिल गरेपछि यी दुई खेलाडी सेमी फाइनलमा भिड्ने पक्का भएको हो।

विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले इटालीका म्याटियो बेरेटिनीलाई ६-३, ६-२, ६-७ (५/७) र ७-५ को सेटमा पराजित गरेका हुन्। फिलिप च्याटरियर कोर्टमा खेलिएको खेलमा जोकोभिचले पहिलो दुई सेटमा सहज जित निकालेका थिए। तेस्रो सेटमा भने ‘टाई ब्रेकर’मा हार बेहोरेका जोकोभिचले खेलको चौथौं सेटमा विश्व नम्बर ९ बेरेटिनीलाई पराजित गरेका हुन्।

त्यस्तै बुधवार साँझ नै भएको पहिलो खेलमा सर्वाधिक फ्रेन्च ओपन विजेता रफाएल नाडालले अर्जेन्टिनाका डिएगो स्वार्ट्ज़म्यानलाई पराजित गरेका छन्। नाडालले विश्व नम्बर १० का स्वार्ट्ज़म्यानमाथि ६-३, ४-६, ६-४ र ६-० को जित निकाले। कोर्ट फिलिप च्याटरियरमा भएको खेलमा नाडालले दोस्रो सेटमा हार बेहोरे। यस संस्करणको फ्रेन्च ओपनमा नाडाल पहिलो पटक कुनै सेटमा पराजित भएका हुन्।

सेमी फाइनलको खेलमा अब गत वर्षका दुई फाइनालिस्ट जोकोभिच र नाडालले एक अर्काको सामना गर्ने छन्। साविक विजेता नाडाल र जोकोभिच बिचको सेमी फाइनल खेल शुक्रवार ‘जुन ११’ मा खेलिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.