Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चोरी भएको नगद तथा चाँदीको सिक्री सहित एक जना पक्राउ

0 61

२६ जेठ,मोरङ । विराटनगर महानगरपालिका-८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको धनमाल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त धनमाल अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.