कोरोना अपडेट:आज थपिए ४३४४ संक्रमित , ५७६८ जना संक्रमणमुक्त
२६ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर कुल १६ हजार ६ सय ४२ परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
जसमध्ये १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५ सय ६८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ३ हजार ४ सय ४९ जनाको पीसीआर र ८ सय ९५ जनामा एन्टीजेन पोजेटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ८१ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ ।
प्रवक्ता डा. पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कुल ८५ दशमलव २ प्रतिशत कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।
प्रवक्ता डा. पौडेलका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ । जसमध्ये ७४ हजार ४ सय ३८ जना होम र ५ हजार ८ सय ९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६ सय ७९ र ललितपुरमा १ सय ५१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने हाल नेपालमा ६ सय ५३ जना मात्रै क्वारेन्टाइमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा कर्णाली प्रदेशमा उच्च रुपमा कोरोना संक्रमित थपिएका छन् । प्रदेशभर गरिएको कुल ५ सय ५३ जनाको कोरोना परीक्षण गर्दा १५७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता पौडेलले बताए ।
जुन कुल परीक्षणको ४४ दशमलव ५ प्रतिशत हो । त्यसैगरी दोस्रोमा सुदूरपश्चिम प्रदेशमा ६ सय १० जनाको परीक्षण गर्दा २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको ३५ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता पौडेलले बताए । त्यसैगरी हाल नेपालमा ४६ जिल्लामा कोरोनाका ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्