Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आउँदो महिना अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोस

0 84

२६ जेठ, एजेन्सी । विश्वका सर्वाधिक धनी व्यक्ति, अमेजनका संस्थापक एवं स्पेस कम्पनी ब्ल्यु ओरिजिनका मालिक जेफ बेजाेस अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्यापस्युल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ, जसमा बेजाेस पनि सामेल हुने भएका हुन् ।

सोमबार इन्स्टाग्राममा पोस्ट गर्दै उनले आफू पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने र जुलाई २० मा आफ्नो भाइ मार्क बेजाेससँगै अन्तरिक्ष यात्रामा निस्कने जानकारी दिए । हालै अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका बेजोसले अन्तरिक्षको यात्रामा जाने याेजना बनाएका हुन् ।

न्यू सेपहार्डको उडान सब अर्बिट (यो एक किसिमको अन्तरिक्ष उडान हो, जहाँ यान बाहिर स्पेसमा पुग्नेछ) हुनेछ । यसले यात्रीहरुलाई स्ट्रेट अप एण्ड डाउन ट्रिपमा लिएर जानेछ, जुन सय किलोमिटर माथिसम्म पुग्नेछ ।

यसलाई कर्मान लाइन पनि भनिन्छ, जसलाई अन्तरिक्षको सुरुवाती पोइन्टको रुपमा अन्तराष्ट्रिय सम्झौताअन्तर्गत डिजाइन गरिएको हो ।

हालसम्म कर्मान लाइनभन्दा माथि ५६९ जना मानिसहरुमात्र पुगेका छन् । तर न्यू सेपहार्डको मद्दतले यो संख्यामा नाटकीय परिवर्तन ल्याइदिने ब्ल्यु ओरिजिनका अस्ट्रोनट सेल्सकी निर्देशक एराइने कोर्नेलले बताएकी छिन् ।

ब्ल्यु ओरिजिनको पछिल्लो घोषणाले १२ वर्षको ग्यापपछि अन्तरिक्ष पर्यटनको क्षेत्र पुन: सुरु हुन लागेको संकेत दिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.