Advertisement

काठमाडौं उपत्यकामा जोर-विजोरको तयारी

0 541

Advertisement


२६ जेष्ठ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो ।

जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने तीनै जिल्लाका प्रमुखको निष्कर्ष छ ।

निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने समेत बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् ।

जनस्वास्थ्यविद्हरुले भने अहिले नै लपरवाही नगर्न चेतावनी दिँदै आएका छन् । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउनुहुन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.