Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

साउनदेखि सेना युद्धकेन्द्रित संरचनामा

0 98

२५ जेष्ठ, काठमाडौं । सेनाले युद्धकेन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना गरेको छ । आगामी साउनदेखि नयाँ संरचना लागु हुनेछ । सशस्त्र द्वन्द्वको वेला जस्तै चारवटै सुरक्षा निकायको युनिफाइड कमान्ड र प्रधानमन्त्रीमातहत रहने एकीकृत इन्टेलिजेन्स संयन्त्र बनाउन सेनाको प्रस्ताव छ ।

नयाँ संरचनामा अहिले रहेका आठ पृतना खारेज गरेर नदी–प्रणालीमा आधारित चारवटा केन्द्रीय कमान्ड बनाएको छ । तीमातहत युद्धक बाहिनी तथा युद्धक गण रहनेछन् । आठ पृतनाको संरचना प्रशासनिक प्रकृतिको रहेको भन्दै युद्धकालीन संरचना तयार गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सम्हालेको एक हजार दिनका अवसरमा आइतबार सार्वजनिक दस्ताबेजअनुसार चारवटै कमान्डका सेनापति तय भएका छन् भने कार्यान्वयन योजना पनि स्वीकृत भइसकेको छ । कोसीपूर्वलाई पूर्वी कमान्ड, काठमाडौं उपत्यकाबाहेक कोसी र गण्डकीबीचको भूभागलाई मध्य कमान्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमान्ड र कर्णाली आसपास ९कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभाग०लाई समेटेर पश्चिम कमान्डको संरचना तयार गरिएको छ ।

करिब ६ सय पृष्ठ लामो दस्ताबेजमा पूर्वी कमान्डको मुख्यालय इटहरी, उपत्यका कमान्डको काठमाडौं, मध्य कमान्डको पोखरा र पश्चिम कमान्डको मुख्यालय सुर्खेतमा रहनेछ । पूर्वकमान्डले प्रदेश नम्बर १, २ र उपत्यकाबाहेक बागमती प्रदेश, मध्य कमान्डले गण्डकी र लुम्बिनी प्रदेश हेर्नेछ । त्यस्तै, पश्चिम कमान्डले कर्णाली र सुदूरपश्चिम प्रदेश हेर्नेछ ।

सेनाले ०७० मा जंगी अड्डाका महानिर्देशनालय र विभाग हेरफेर गरेको थियो भने ०७२ मा पृतनाको संख्या ६ बाट आठ पु¥याएको थियो । त्यतिखेर युद्धकेन्द्रित संरचना बनाउने कि संघीय प्रशासनिक सुहाउँदो संरचना बनाउने भन्नेमा सेनाभित्र सघन छलफल भएको थियो । सेनाको पुनर्संरचनाका लागि सुझाब दिन पूर्वसरकारले रक्षासचिव वामनप्रसाद न्यौपानेको नेतृत्वमा कार्यदल नै बनाएको थियो । नयाँ पत्रिकाबाट


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.